वडा सदस्यलाई जातीय विभेदजन्य गरेको आरोपमा पोखरा २४ का वडाध्यक्ष पक्राउ परेका छन् ।
वडाध्यक्ष भरतबहादुर अधिकारीले गत आइतबार जातीय विभेदजन्य गालीगलौज गरेको उजुरी परेको थियो । वडाध्यक्ष अधिकारी मंगलबार बिहान आफैं प्रहरीमा उपस्थित भएका हुन् ।
उनीविरुद्ध पोखरा २४ की दलित सदस्य मैया नेपालीले जाहेरी दिएकी थिइन् । ‘तेरो परिवारको हैसियत के हो ? वडाको बजेटमा दमै, कामी, सार्कीले सिनो लुछेको जस्तै गरी लुछ्न खोज्छेस्’ जस्तो अपमानजनक शब्द प्रयोग गरेको भन्दै नेपालीले उजुरी दिएकी छन् ।




