फागुन ६ गते आयोजना हुने १७ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी सुरु भएको छ । नेपाली अग्रज खेलाडीको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले यो प्रतियोगिता आयोजना गर्दै आएको छ ।
मञ्चले मंगलबार पत्रकार सम्मेलन गरी म्याराथनको तयारी सुरु भएको जनाएको हो । मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले पहिलो पटक चिप्सको प्रयोग हुने जानकारी दिए । अध्यक्ष पराजुलीका अनुसार खुला म्याराथन र महिला हाफ म्याराथनतर्फ चिप्सको प्रयोग हुनेछ । उक्त चिप्स नेपाल रन युकेले सहयोग गर्ने भएको छ ।
सिटी म्याराथनको अवधारणामा आयोजना हुँदै आएको नेपालकै जेठो म्याराथन पोखरा म्याराथनमा यस वर्ष पुरस्कार राशिमा वृद्धि गरिएको अध्यक्ष पराजुलीले जानकारी दिए । म्याराथनहरुको अन्तर्राष्ट्रिय छाता संस्था ‘एसोसियसन अफ इन्टरनेसनल म्याराथन्स एण्ड डिस्टेन्स रेसेस’ (एम्स)मा दर्ता भएपछि आयोजना हुन लागेको म्याराथन खुलातर्फ पहिलो हुनेले ५ लाख, दोस्रोले ३ लाख, तेस्रोले २ लाख र चौथोले नगद ३० हजार पाउने छन् ।
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन अन्तर्गत ८ वटा इभेन्ट एकै पटक एकै दिन हुने जानकारी दिँदै उनले इभेन्ट अन्तर्गत खुला म्याराथन ४२.१९५ किमी, २१.०९७ किमी हाफ म्याराथन महिला, महिला÷पुरुष १० किमी दौड, विद्यालयस्तरीय छात्र÷छात्रा ५ किमी दौड, महिला÷पुरुष ह्विल चियर तथा दृष्टिविहीन दौड हुनेछन् । वर्षको १ दिन दौडिनुपर्छ भन्ने सन्देश दिन ‘रन फर फन’ हुने छन् । पोखरा म्याराथन अन्तर्गत यो वर्ष एकै पटक २० हजार दौडने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।
खुला म्याराथनतर्फ गण्डकी प्रदेशका खेलाडीलाई प्रोत्साहन गर्न छुट्टै पुरस्कारको व्यवस्था गरिएको छ । अध्यक्ष पराजुलीले महिला हाफ म्याराथनमा समेत पहिलो, दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमश नगद १ लाख ५० हजार, १ लाख, ७५ हजार र १५ हजार पाउने छन् । ५ किमी महिला तथा पुरुष, ५ किमी छात्र÷छात्रा दौड, ह्विल चियर र दृष्टिविहीन महिला तथा पुरुष दौड हुने र सबै दौडमा पुरस्कार राशिमा समेत वृद्धि गरिएको मञ्चले जनाएको छ ।
प्रतियोगितालाई व्यवस्थित रुपमा सञ्चालन गर्न २३ विभिन्न उपसमिति गठन गरिएको छ ।
पोखरा म्याराथनको कुल खर्च ९३ लाख खर्च हुने आयोजकले जनाएको छ । पुरस्कारमा मात्रै १७ लाख ५२ हजार खर्च हुनेछ ।
पोखरेली प्रतिष्ठित औद्योगिक प्रतिष्ठान लक्ष्मी ग्रुप अन्तर्गत सुजल डेरी प्रालिको मुख्य उत्पादन सफल दूधको मुख्य प्रायोजना हुने पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई गण्डकी प्रदेश सरकार, गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालय, पोखरा महानगरपालिका, राष्ट्रिय खेलकुद परिषद, नेपाल ओलम्पिक कमिटी र प्रदेश खेलकुद परिषद गण्डकीले सहयोग गरेका छन् ।
पोखरा म्याराथनको अन्तर्राष्ट्रिय पार्टनरको रुपमा पोखरेली मञ्च युके, नेपालको प्रतिष्ठित बैंक कृषि विकास बंैक बैकिङ पार्टनरको रुपमा रहनेछ भने, स्पोर्टस वेयर एक्स–टेप, केल्मी, समाजसेवी तथा व्यवसायी पोखरा १६ अर्मला घर भई हाल युके निवासी दुर्गा गुरुङ, नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेज पोखरा १४, कुमुदिनी होम्स् मावि गैह््«ापाटन पोखरा ४, हिमेक्स नेपाल, हिमालयन कम्प्युटर, वुम¥याङ रेस्टुरेन्ट, तमु धि युके, सहारा युके, मुगलान रेस्टुरेन्ट एन्ड बार, बगर भाइ खलक युके, समाजसेवी जोनी पहारी, पोखरा पर्यटन परिषद लगायतले सहयोग गर्ने छन् ।
म्याराथनको प्रवद्र्धकका रुपमा नेपाल पर्यटन बोर्ड छ । पत्रकार सम्मेलनमा मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङ, संस्थापक अध्यक्ष खड्गबहादुर रानाभाट लगायतले पोखरा म्याराथनका विविध पक्षबारे प्रकाश पारेका थिए ।




