दरमखोलामा माछा मारे १ लाखसम्म जरिवाना

बागलुङको दरमखोलाका असला माछा नेपालमै प्रसिद्ध छ । लोभलाग्दो बजार भएपछि यहाँका माछा मार्ने क्रम धेरै बढेको थियो । गलकोट नगरपालिकाले दरमखोलामा माछा मार्न प्रतिबन्ध लगाएको छ ।

शुक्रबार प्रशासकीय अधिकृत गंगाबहादुर भुजेलले सूचना निकालेर यस्तो जनाएका हुन् । असला माछाको संरक्षण र दिगो उपयोग गर्न माछाको फूल पार्ने मौसम अहिले भएकाले माछा मार्न रोकिएको हो । भदौ १ देखि असोज महिनाभर यो खोलामा माछा मार्न पालिकाले प्रतिबन्ध गरेको छ ।

यो अनुरोधलाई व्यवस्था गरे जलधर संरक्षण कार्यविधि २०८० बमोजिक १ लाखसम्मभ जरीवाना हुने पालिकाले चेतावनी दिएको छ ।