गण्डकी सेरोफेरो

सूर्य नेपाललाई शौचालयको काम रोक्न आदेश

उच्च अदालत पोखराले लेकसाइडको बाराही घाटमा सूर्य नेपाल प्रालिले बनाउँदै गरेको सार्वजनिक शौचालयको काम यथास्थितिमा राख्न आदेश दिएको छ । न्यायाधीश श्रीधराकुमार पुडासैनीको एकल इजलासले पोखरा महानगरसहित निर्माण कम्पनीलाई काम यथास्थितिमा राखी विपक्षीलाई बाटोको म्यादबाहेक १५ दिनभित्र कारणसहित उपस्थिति हुन निर्देशन दिएको हो । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति सदस्य अनिल थापाले बुधबार दायर गरेको रिटमा उच्चले बिहीबार निषेधाज्ञा जारी गरेको हो । रिट निवेदक थापाले महानगरले सार्वजनिक जग्गा… पुरा पढौ

जानकी माविमा फरेस्टीको पढाइ

पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यमिक विद्यालयमा तीन वर्षे वन विज्ञानको पढाई सञ्चालन गरिएको छ । गण्डकी बहुप्राविधिक शिक्षालयको सहकार्य र सिटिइभिटीको अनुमतिमा गत बर्षदेखि उक्त पढाईका कक्षा सञ्चालन गरिएको हो । पहिलो बर्षमा १६ जना विद्यार्थी भर्ना भएको र वन विज्ञान बिषयमा पढाई सञ्चालन गर्ने जानकी जिल्लामा पहिलो भएको वन विज्ञान संयोजक शंकर भण्डारीले दावी छ । विद्यालयको नयाँ भवनमा सञ्चालन गरिएको प्रभावकारी र गुणस्तर बनाउनका लागि… पुरा पढौ

जनप्रियमा पर्यटन र हस्पिटालिटी पाठ्यक्रममाथि छलफल

व्यावसायिक पर्यटन व्यवसायमा आवश्यक जनशक्ति तयार गर्न आवश्यक पाठ्यक्रमबारे शनिबार पोखरामा छलफल भएको छ । पर्यटन र हस्पिटालिटी म्यानेज्मेन्ट पढाउँदै आएको जनप्रिय बहुमुखी क्याम्पस पोखराको आयोजनामा सरोकारवालाले अहिलेको पाठ्यक्रममा आवश्यक परिमार्जनबारे सुझाव दिए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त जनप्रियले स्वायत्त कार्यक्रमको रुपमा ब्याचलर इन माउन्टेन टुरिज्म म्यानेजमेन्ट (बिएमटिएम) र एम. बि. ए. हस्पिटालिटी म्यानेजमेन्ट अध्यापन गराउँदै आएको छ । कार्यक्रममा क्याम्पस प्रमुख लोकराज भण्डारीले विश्वकै सबैभन्दा ठूलो उद्योग पर्यटनका लागि… पुरा पढौ

अक्षरयात्राको २०० औँ श्रृंखला शताब्दी घरमा सम्पन्न

“ जीवन र जगतको यथार्थवोधको लागि अक्षरयात्रा” मूलमन्त्र बनाई गजलसन्ध्या र नवनीत साहित्य सागरद्वारा २०६२ साल असार १८ गतेदेखि निरन्तर रुपमा संचालित भैरहेको यात्रा साहित्यसंग सम्बन्धित कार्यक्रम “अक्षरयात्रा”को द्विशतक श्रृंखला फरक पर्वत कुश्मा स्थित शताब्दी घरमा सम्पन्न भएको छ । कालीगण्डकी बचाऔँ अभियान एवं कुश्मा कला परियोजनाका परिकल्पनाकार, अभियन्ता आरके अदीप्त गिरीको स्थानीय निम्तो र आयोजनामा शताब्दी घरमा आयोजित कार्यक्रममा पोखराबाट दुई दर्जन बढी कवि, लेखक, पत्रकारले सहभागिता जनाएका थिए… पुरा पढौ

विद्यार्थीसँग असार १५

सिद्धेश्वर बहुउद्देशीय कृषि सहकारी पोखरा १७ ले फरक तवरले असार १५ मनाएको छ । राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा सहकारीले शुक्रबार महतगौडाको विरुवा फाँटमा विद्यार्थीसँग विविध कार्यक्रम गरेको हो । असार गीत प्रस्तुति, चित्रकला प्रतियोगिता र अन्य खेलकुदका कार्यक्रम भएका छन् । कार्यक्रममा पोखरा १७ की अध्यक्ष राधिकाकुमारी शाही योगीले अबको कृषि निर्वाहमुखीबाट व्यावसायिक बनाइनुको विकल्प नभएको उल्लेख गरिन् । उनले कृषिमा प्रविधिको प्रयोगमा जोड दिँदै जीवनभर… पुरा पढौ

फेवा जोगाउन प्रधानमन्त्रीलाई राष्ट्रिय सम्पदाको आग्रह

मानवीय र प्राकृतिक अतिक्रमण एकसाथ झेल्दै आएको फेवाताल संरक्षणको प्रभावकारी उपाय नअपनाई अबको सय वर्षभित्रै मासिने केही अनुसन्धानले देखाएका छन् । सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरी ३ तहकै सरकारलाई जिम्मेवारी तोकेर काम गर्न भने पनि कार्यान्वयन भएको छैन । पोखराको मुख्य प्राकृतिक सौन्दर्य फेवाताल जोगाउन शनिबार राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेको छ । संस्थाका अध्यक्ष सुनिल पाण्डे, अधिवक्ता भगवती पहारी, फेवातालको… पुरा पढौ

निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बजेट आएको छ : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले ल्याएको बजेटले अर्थतन्त्रलाई चलायमान बनाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा उहाँले देश र जनतालाई केन्द्रविन्दुमा राखेर अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आएको उल्लेख गर्नुभयो । सरकारले अर्थतन्त्रलाई चलायमान बनाउले लक्ष्यका साथ उद्योग व्यवसायलाई बढाउने प्रस्ताव गरेको मन्त्री महतले बताउनुभयो । उद्योग व्यवसाय खोल्नका लागि निःशुल्क उद्योग दर्ता गर्न सक्ने र पूँजी एक सय रुपैयाँ राखेर पनि प्रारम्भिक उद्योगको… पुरा पढौ

‘भ्रष्टाचारविरूद्ध अनुसन्धान रोकिन्न, थप तीब्र बनाइन्छ’ : प्रधानमन्त्री प्रचण्ड

पोखरा, असार १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध अनुसन्धानको कार्यले थप तीब्रता पाउने बताउनुभएको छ। शनिबार दिउँसो पोखराका सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्रीले सो कुरा बताउनुभएको हो। ‘बजेट पास होला कि नहोला भन्ने तरंग थियो। बिनियोजन विधेयक पारित भइसकेपछि यो तरंग अन्त्य भएको छ’, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘यसपटक हामीले भिन्न ढंगले नै काम सुरू गरेका छौँ। यो सामान्य मात्र नभएर विशिष्ट प्रकृतिको छ। जनताले भोगका समस्या सम्बोधन गर्न हाम्रो पूरै… पुरा पढौ

प्याराग्लाइडिङ शुल्कमा भारी वृद्धि

पोखरामा हुने प्याराग्लाइडिङ उडानको शुल्क बढाइएको छ । नेपाल हवाई खेलकुद संस्था (ना)ले प्याराग्लाइडिङ उडानको दररेट वृद्धि गरेको हो । हाल प्रतिउडान ८ हजार ५ सय शुल्क तिर्दैआएकामा अबदेखि १२ हजार तिर्नुपर्ने भएको छ । यो वृद्धि ४१ प्रतिशत हो । नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष सुनील भट्टराईले उक्त शुल्कमा बिमा रकम र पाइलटको खर्च समाहित हुने जनाए । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि आफूहरूको खर्च बढेको र समयअनुसार रकम बढाएको… पुरा पढौ

मुख्यमन्त्रीहरुले मागे जग्गाको स्वामित्व (साझापत्रसहित)

पोखरामा भएको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले १७ बुँदे साझापत्र जारी गरेको छ । ६ प्रदेशका मुख्यमन्त्री सम्मिलित अन्तर प्रदेश बैठकले प्रदेशमा प्रहरी समायोजन नहुँदाको समस्या भएको ,निजामती सेवा ऐन छिटो बन्नुपर्ने, प्रदेश सरकार कार्यालयका भवनहरु प्रदेश सरकारको स्वामित्वमा आउनुपर्ने, संघ र प्रदेशका साझा अधिकारबारे स्पष्ट हुनुपर्ने लगायतका निष्कर्ष निकालेको छ । मुख्यमन्त्रीहरुले साझापत्र कार्यान्वयनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाललाई अनुरोध गरेका छन् । प्रधानमन्त्री दाहालले बैठकको निष्कर्षबारे संघीय सरकारमा छलफल गर्ने आश्वासन… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं