गण्डकी सेरोफेरो

सामुदायिक विद्यालयका कर्मचारी न्याय खोज्दै धर्नामा

सरकारले आफ्ना न्यायिक मागहरु सुनुवाई नगरेको भन्दै सामुदायिक विद्यालयका कर्मचारीहरु आन्दोलित बनेका छन् । जीवनको गुजारासम्म चल्न सक्ने सेवासुविधाको माग गरी कर्मचारीहरु सरकारले गरेको विभेदको विरोध स्वरुप धर्नामा बसेका हुन् । बैशाख महिनाको टण्टलापुरे घामलाई वेवास्ता गर्दै कर्मचारीहरु पर्वत सदरमुकाम स्थित कुश्मामा रहेको शिक्षा समन्वय इकाइको कार्यालय गेट अगाडि धर्ना बसिरहेका छन् । आफ्ना न्यायिक माग सम्वोधन गर्न पटक पटक आन्दोलन गरेको र विभिन्न समयमा नेपाल सरकारसँग माग पुरा गर्ने… पुरा पढौ

नमुना स्वरेक सहयोगी समाजको अध्यक्षमा पराजुली ।

जेठ २१,स्याङ्जा ।नमुना स्वरेक सहयोगी समाज स्याङ्जाको तेस्रो अधिवेशनले खिमानन्द पराजुलीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समाजको उपाध्यक्ष जगन्नाथ अर्याल,सचिव इन्द प्रसाद पराजुली,कोषाध्यक्षमा कमल पंगेनी, सहसचिवमा शशी सेन र सहकोषाध्यक्षमा राधिका अधिकारी निर्वाचित हुनुभएको हो । उक्त समाजको सदस्यहरुमा पिताम्बर पाण्डे,नरेन्द्र पराजुली, सुरेश उच्चै ठकुरी,भगवती परियार,खैसरा अधिकारी र कल्पना आले रहनु भएको छ । निर्वाचन संयोजक यम प्रसाद पराजुलीले तोकिएको समयमा सबै पदमा एक एक… पुरा पढौ

नेपालको विकास र समृद्धिको अवरोधमा दुई श्रेणीका दलितहरु ।

भारतीय संविधानका पिता डा. भीमराव अम्बेडेकरले भारतमा आर्थिक, सामाजिक, राजनीतिक रुपमा उत्पिडनमा रहेको कथित अछुतहरुको समूहलाई एकिकृत रुपमा संवोधन गरी अधिकार दिलाउन, भारतको संविधानमा दलित शब्दको प्रवेश गराएका हुन।नेपालमा पनि हिन्दु धर्ममा आधारित सामन्ती, निरंकुश, नश्लवादी, केन्द्रिकृत, एकात्मक राज्य व्यवस्थाले एक समूहलाई राज्य प्रदत्त सबै अबसरहरुमा बञ्चित गरी कथित अछुतमा विभाजन गरी आर्थिक, सामाजिक र राजनीतिक रुपमा कमजोर बनाएकोले विभेद र उत्पिडनमा परेको समूहलाई एकिकृत रुपमा अधिकार सम्पन्न बनाउन संविधानमा… पुरा पढौ

‘स्वाइन फिवर’ले बङ्गुरका खोरै रित्तिए

अमेरिकन स्वाइन फिवरले धमाधम बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित छन् । बागलुङ नगरपालिका–१, २, ३ र ४ मा व्यावसायिकरूपमा पालिएका बङ्गुरमा अमेरिकन स्वाइन फिवरका कारण हालसम्म चार सय बङ्गुर मरेका हुन् । किसानले व्यावसायिकरूपमा पालेको बङ्गुर धमाधम मर्न थालेपछि बङ्गुर खोर नै रित्तो हुन थालेको बङ्गुरपालक किसान गणेशबहादुर पुनले सुनाए । “केही दिनदेखि दैनिक खोरमा बङ्गुर मर्न थालेका हुन्”, उनले भने, “बिहान ठीकठाक भएका बङ्गुर साँझ मर्ने गरेका छन्,… पुरा पढौ

क्युपेको रक्तदानमा ५७ युनिट रगत संकलन

क्युपेक कास्कीले बिहीबार आयोजना गरेको खुला रक्तदानमा ५७ युनिट रगत संकलन भएको छ ।नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपालको २७ औं स्थापना दिवसको अवसरमा कार्यक्रम भएको हो । नेपाल टे«ेड युनियन महासंघ (जिफन्ट) गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले कार्यक्रममा श्रमिक देशको जिम्मेवार नागरिक भएको बताए । उनले श्रमिकहरु सामाजिक तथा रचनात्मक काममा समेत सक्रियतापूर्वक लागेको उल्लेख गरे । कार्यक्रममा क्युपेक नेपालका केन्द्रीय सचिव तथा कास्कीका… पुरा पढौ

बाल हितकारीलाई अन्तर्राष्ट्रिय सम्मान

पोखराको बालहितकारी परियोजनाले अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । अपांगता भएका बालबालिकाको स्वास्थ्य सुधार, शारीरिक विकास तथा पुनस्र्थापनाको क्षेत्रमा उल्लेखनीय काम गरेवापत संस्था पुरस्कृत भएको हो । रिहाबिलिटेसन इन्टरनेसनलले १ सय वर्ष पूरा गरेको सन्दर्भमा चीनको राजधानी बेइजिङमा भएको समारोहमा १० हजार डलर, प्रमाणपत्र र पदकसहित सम्मान पाएको संस्थाका अध्यक्ष गोविन्दराज पहारीले जानकारी दिए । गत जेठ ७ गते भएको समारोहमा संस्थाका कार्यकारी निर्देशक ठाकुर चापागाईलाई सो पुरस्कार प्रदान गरिएको हो… पुरा पढौ

पर्वतमा छापा माध्यमको इतिहास

पर्वत जिल्लाको पत्रकारिताको इतिहासलाई खोज्दै जाँदा धेरै लामो रहेको पाइदैन । पर्वतकै पत्रकारिताको इतिहासबारे बेग्लै लेखिएको पुस्तकको खोजी गरिदा पाउन मुस्किल छ । पर्वतको छापा पत्रकारिता बारेमा नै बेग्लै लेखिएको पुस्तक पाइदैन । पर्वतको छापा पत्रकारिताको इतिहास खोज्दै गर्दा अग्रज साहित्यकार, पत्रकार, लेखक, इतिहासकार लगायतसँग भेटघाट र कुराकानी गरिएको थियो । पर्वतका अग्रज साहित्यकार जो उमेरले ८६ वर्ष पार गरिसकेका व्यक्तित्व शान्ति नारायण श्रेष्ठसँग कुराकानी गरिएको थियो । उनीसँग कुराकानी… पुरा पढौ

विश्व शान्तिको कामना गर्दै रुद्री पाठ सहित लाख बत्ती प्रज्जवलन

पर्वत सदरमुकाम कुश्मा नजिकै रहेको धार्मिक तथा पर्यटकीय महत्वको गुप्तेश्वर गुफा क्षेत्र भित्र पर्नेे गायत्री वेद वेदांग पाठशालाको प्राङ्गणमा विश्व शान्तिको कामना गर्दै धार्मिक कार्यक्रमको बुधबार आयोजना गरियो । उक्त धार्मिक कार्यक्रममा पंण्डीतहरुले रुद्री पाठ गरेका थिए भने भक्तजनहरुद्धारा लाख बत्ती प्रज्जवलन गरिको थियो ।धार्मिक कार्यक्रममा अध्यक्षता ग्रहण गरेका हिन्दु महासंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्यले हिन्दु धर्मको नाममा विभिन्न सम्प्रदाय रहेको र सम्प्रदायले आआफ्नो कुरा नै ठुलो मान्दै आएकोले समाजमा… पुरा पढौ

गोरखकाली रवर उद्योग खोलिने

सरकारले हेटौँडा कपडा उद्योग, गोरखबाली रवर उद्योग र बुटवल धागो उद्योग सञ्चालनमा ल्याउने नीति लिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा यी तीन उद्योग सञ्चालनमा ल्याउने उल्लेख छ। अन्य बन्द उद्योगको व्यवस्थापना सम्बन्धको रुपमा उच्चस्तरीय अध्ययन समिति गठन समेत गर्ने बताइएको छ। पुरा पढौ

सरकारले १ हजार शौचालय बनाउने

सरकारले सार्वजनिक स्थानमा एक हजार सार्वजनिक शौचालय निर्माण गर्ने भएको छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक स्थलमा एक हजार शैचालय बनाइने बताए। शहरी तथा राजर्माग वपरपरि यात्री, पर्यटक, सेवाग्राही र अत्याधिक चाप हुने सार्वजनिक स्थलमा नीजि तथा सामुदायिक साझेदारीमा एक हजार सुविधासम्पन्न सार्वजनिक शैचालय र स्थल निमार्ण गरिने बताए। पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं