पर्वत जिल्लाको पत्रकारिताको इतिहासलाई खोज्दै जाँदा धेरै लामो रहेको पाइदैन । पर्वतकै पत्रकारिताको इतिहासबारे बेग्लै लेखिएको पुस्तकको खोजी गरिदा पाउन मुस्किल छ । पर्वतको छापा पत्रकारिता बारेमा नै बेग्लै लेखिएको पुस्तक पाइदैन । पर्वतको छापा पत्रकारिताको इतिहास खोज्दै गर्दा अग्रज साहित्यकार, पत्रकार, लेखक, इतिहासकार लगायतसँग भेटघाट र कुराकानी गरिएको थियो । पर्वतका अग्रज साहित्यकार जो उमेरले ८६ वर्ष पार गरिसकेका व्यक्तित्व शान्ति नारायण श्रेष्ठसँग कुराकानी गरिएको थियो । उनीसँग कुराकानी गर्दा पर्वतको पत्रकारिताको इतिहासलाई समेटेर लेखिएको पुस्तक छैन भन्ने पाइयो । पर्वतको पत्रकारिताको इतिहासबारे लेखिएको बेग्लै पुस्तक छैन भन्ने निश्कर्षमा पुगेपछि यहाँको इतिहास खोज्नका लागि कसरी अगाडि जाने भन्ने प्रश्न उभिएको थियो । पर्वतको पत्रकारितासँग लामो समयदेखि आवद्ध रहदै आएका अग्रज पत्रकार, साहित्यकार, लेखकहरुलाई यहाँको इतिहासबारे सोधखोज गर्दै गर्दा समग्र धौलागिरिकै पत्रकारिताको इतिहासबारे लेखिएका पुस्तक हेर्नुपर्ने भयो । पत्रकार दिल शिरीष ९२०७७० सम्पादक र पत्रकार महासंघ बाग्लुङ शाखा प्रकाशक रहेर्को धौलागिरीको पत्रकारिता’ नामक पुस्तक, वरिष्ठ साहित्कार तथा अन्वेषक प्रेम छोटा९२०७१० द्धारा लेखिएर्को धौलागिरीको पत्रकारिताका छ दशक’ पुस्तक साथै कार्यपत्र, लेखहरु अध्ययन गरी पर्वतमा पत्रकारिताको इतिहासबारे लेखिएको हो । यसको साथसाथै पर्वतको पत्रकारिताको इतिहासबारे थप बढी जानकारी लिनका लागि यहाँका अग्रज साहित्यकार, लेखकहरुसँग बेग्लाबेग्लै कुराकानी गर्नुपर्ने अवस्था रहेको थियो । पर्वतको पत्रकारिताबारे जानकारी लिनका लागि आवश्यक पर्ने कागजात, पुस्तक, दस्तावेज खोज्दै जाँदा साहित्यकार तथा लेखक शान्ति नारायण श्रेष्ठसँग भेट भएको थियो । साहित्यकार श्रेष्ठ विगत लामो समयदेखि पर्वतको साहित्य क्षेत्रसँग जोडिदै आएका व्यक्तित्वमा पर्दछन् । उनले आफ्नै घरमा गुप्तेश्वर पुस्तकालय समेत स्थापना र व्यवस्थापन गर्दै आएका छन् । पर्वतको छापा माध्यमको इतिहासलाई हेर्ने हो भने हस्त लिखित पत्रिका आँकुरो सम्म पुग्न सकिन्छ । यो पत्रिकालाई पर्वतका वरिष्ठ साहित्यकार शान्तिनारायण श्रेष्ठले वि.सं.२०१८ मा निकालेका हुन् । यो केही समय मात्र निकालिएको थियो । यो हस्त लिखित पत्रिका गुप्तेश्वर पुस्तकालयमा देख्न सकिन्छ । त्यतिवेला छापाखाना पर्वतमा थिएन । छापाखानाको अभाव भए पनि आफूले पत्रिकाको रुपमा साहित्यिक रचनाहरु कविता, केही विचारहरु हातले नै लेखेर निकाल्ने गरेको साहित्यकार श्रेष्ठ बताउँछन् । वि.सं. २०२१ सालतिर नै साहित्यकार श्रेष्ठकै सम्पादनमा पर्वत बुलेटिन प्रकाशन गरिएको थियो । यो बुलेटिनको प्रकाशन पंचायत विकास केन्द्रले गरेको थियो । बुलेटिन निकाल्नका लागि टाइपराइटरमा टाइप गर्ने र लिथो मेशीनबाट निकाल्ने गरिन्थ्यो । यो बुलेटिन १२ पेजसम्मको हुने सम्पादक श्रेष्ठ बताउँछन् । बुलेटिनमा विकास निर्माण, शिक्षा, विभिन्न सूचनाहरु प्रकाशन गरिन्थे । पर्वतकै साहित्यकार मोहनबहादुर मल्ल सम्पादक रहेर पर्वतमाला साहित्यिक पत्रिका वि.सं.२०२२ सालमा प्रकाशन भएको थियो । यसको सहसम्पादकमा शेर बहादुर गुरुङ, शान्तिनारायण श्रेष्ठ, श्यामानन्द पौडेल, पूर्णलाल श्रेष्ठ रहेका थिए । यो पत्रिका काठमाण्डौबाट प्रकाशन गरिएको थियो । जोर गणेश प्रेसमा यो पत्रिका छापिएको हो । अर्धवार्षिक यो पत्रिका दुई अंक मात्र छापिएको थियो ।
धौलागिरीको पत्रकारिता नामक पुस्तकमा पर्वतका अग्रज पत्रकार भोलानाथ शर्माले पर्वतको पत्रकारिताका तीन दशक नामक शीर्षकमा पर्वतको पत्रकारिताबारे लेखेका छन् । सो लेखमा पत्रकार शर्माले पर्वतको पत्रकारिताको इतिहासबारे यसरी उल्लेख गरेका छन्–अन्य कुनै छापा पत्रिका यहाँबाट प्रकाशित हुने गरेका थिएनन् । त्यसमा पनि आमसर्वसाधारणको पहुँच हुँदैन थियो । ०४६ साल अगाडिसम्म स्थानीय पुस्तकालय, विद्यालयले साहित्यिक रचनालाई स्थान दिई हस्तलिखित भित्ते पत्रिका प्रकाशन गर्ने गर्थे, त्यसको यकिन तथ्यांक छैन । सुरुआत र विकास आकाशवाणी सेवा र मुख्य सरकारी कार्यालयमा रहेका सीमित टेलिफोन लाइन बाहेक २०४६ सालको जनआन्दोलन तथा बहुदलीय व्यवस्थाको पुनस्र्थापना अगाडि अन्य आधुनिक सञ्चारका साधनले पर्वतमा प्रवेश पाएको थिएन । गाउँको कुरा सदरमुकाममा समेत गोरखापत्र र साप्ताहिक पत्रिका पढ्न एक हप्ता प्रतिक्षा गर्नुपर्दथ्यो । २०४६ सालमा पुनः प्रजातन्त्र आयो । त्यसपछि बल्ल मोटरबाटो, बिजुली पर्वत सदरमुकाममा आयो । यसले सदरमुकाम र राजमार्गका आसपासका क्षेत्रमा सूचनाको पहुँच बढायो । प्रजातन्त्र पुनस्र्थापनाको प्रारम्भिक कालमा स्थानीय रुपमा पत्रकारिताले त्यति विकास गर्न सकेको देखिदैन । स्थानीय रुपमा सञ्चार माध्यमको व्यावसायिक रुपमा सञ्चालनमा आउन सकेनन् ।’
साप्ताहिक पत्रकारिताको विकासक्रम हेर्दा भने चालीस दशकको अन्तिम समयदेखि भएको पाइन्छ । सवैभन्दा पहिले साप्ताहिक पत्रिकाबाट पर्वतको पत्रकारिताको इतिहास शुरु भएको देखिन्छ । हरिहर पोख्रेलको सम्पादनमा पर्वतदूत साप्ताहिक प्रकाशन २०४८ सालमा भएको थियो । पर्वतमा छापाखाना नभए पछि यो पत्रिका बाग्लुङ जिल्लामा लगेर छापिएको थियो । यो पत्रिका केही समय प्रकाशन भएपछि बन्द भयो । पर्वतमा वि.सं. २०५२ मा हरि कर्माचार्यले छापाखाना संचालन गरे । उनको गुप्तेश्वर छापाखानाबाट पर्वतको पत्रकारिता क्षेत्रलाई अगाडि बढ्न सहयोग पुगेको थियो । यही छापाखानाबाट २०५४ सालमा कालिको सुसेली त्रैमासिक पत्रिका, सम्पादक इन्द्रकुमार विकल्प र सगुन, त्रैमासिक सम्पादक शान्तिनारायण श्रेष्ठ रहेका साहित्यिक पत्रिकाहरु प्रकाशनमा आए । कालीको सुसेली निरन्तर अहिलेसम्म प्रकाशनमा आइरहेको छ । त्यसैगरी राजेन्द्र पहाडीको सम्पादनमा त्रैमासिक पत्रिका समुदाय र सृजना प्रकाशनमा आइरहेको छ भने सरस्वती शर्मा जिज्ञासु सम्पादक रहेको माधुरी साहित्यिक पत्रिका समेत प्रकाशन हुँदै आएको छ । युवा साहित्यकार तथा स्वतन्त्र लेखकको रुपमा चिनिएका आरके अदिप्त गिरीले ऋतुरंग साहित्यिक पत्रिका २०५८ मा प्रकाशन गरेका थिए तर यसलाई उनले निरन्तरता दिन सकेनन् ।
पर्वतको पत्रकारिता जगतले पचासको दशकपछि तीव्र रुपमा फड्को मारेको छ । यो दशकमा साप्ताहिक पत्रिकाहरु धेरै प्रकाशनमा आएका छन् । पर्वत सन्देश, २०५७ सम्पादक सागर प्रसाद पाध्या, मोदिकाली, २०५८ सम्पादक हरिनारायण रेग्मी, निस्पक्ष अभिमत, २०५८ सम्पादक भोलानाथ शर्मा रहेर साप्ताहिक पत्रिका प्रकाशन भएका थिए । शुभसन्देश साप्ताहिक, २०६६ सम्पादक इन्दिरा शर्मा सहित हाल जिल्लामा ११ वटा साप्ताहिक पत्रिकाहरु प्रकाशनमा छन् । सानो बजार र चर्को प्रतिस्पर्धाका विच पत्रपत्रिकाहरु गुज्रनु परेको छ । कतिपय पत्रिकाहरु स्थापना हुने र केही समय प्रकाशन भएपछि बन्द हुने प्रचलन जस्तो रहेको छ । जिल्लामा पहिलो पटक २०६३ मा स्थापना भैइ आएको अहिंसावादी रेडियो पर्वतसँगै अन्य एफएम रेडियोहरु पनि स्थापना र संचालनमा छन् । जिल्लामा दैनिक पत्रिकाको सवालमा हेर्दा तीनवटा पत्रिकाहरु कालीगण्डकी दैनिक २०६८, सम्पादक भोलानाथ शर्मा, सहारा न्यूज दैनिक २०६८, सम्पादक प्रनिश गिरी र भवानी प्रसाद शर्माको सम्पादनमा धौलागिरि पोष्ट २०७२ संचालनमा रहेको भए पनि हाल कालीगण्डकी दैनिक पत्रिका मात्र निरन्तर प्रकाशनमा छ । नेपाल पत्रकार महासंघ पर्वतका अनुसार २०७७ साल पुस १७ गतेसम्म जिल्ला शाखामा क्रियाशील पत्रकारको संख्या ५५ जना रहेका छन् । जिल्लाको पत्रकारिताको इतिहासबारे लेख्दै गर्दा पत्रकारहरुको छाता संगठनको रुपमा लिइने पत्रकार महासंघ पर्वत स्थापना र गठनबारे लेखिएन भने इतिहास नै अपुरो हुन जान्छ । पत्रकारिताको विकास र पत्रकारको हकहितबारे पत्रकारको साझा संगठन पत्रकार महासंघ पर्वतले आवाज उठाउदै आएको छ । नेपाल पत्रकार महासंघ केन्द्रिय कमिटिको २०६३ साल मंसीर २ गतेको केन्द्रिय कमिटिबाट स्विकृत भैइ पत्रकार महासंघ जिल्ला शाखा पर्वतको तदर्थ समिति गठन भएको थियोे । यो तदर्थ समितिको संयोजकमा पत्रकार भोलानाथ शर्मा रहेका थिए भने सहसंयोजक दुर्गा प्रसाद शर्मा, सचिव ओमप्रसाद घायल, कोषाध्यक्षमा सागरप्रसाद उपाध्याय साथै सदस्यहरुमा रामचन्द्र जोशी, विश्वप्रकास प्रसाइ, शिवप्रसाद सुवेदी, गोविन्द प्रसाद पोख्रेल, भिमनाथ रेग्मी, ओमप्रसाद उपाध्याय, हरी बहादुर सुवेदी रहेका थिए । त्यसैगरी पत्रकार महासँघ पर्वतको पहिलो पटक निर्वाचित समिति भने २०६४ साल वैशाख २६ गते सम्पन्न प्रथम अधिवेशनबाट गठन भएको थियो । यसको सभापतिमा भोलानाथ शर्मा चयन भएका थिए भने उपसभापतिमा दुर्गाप्रसाद शर्मा, सचिव ओमप्रसाद घायल, कोषाध्यक्ष स्व.सागरप्रसाद उपाध्याय, सदस्यहरुमा रामचन्द्र जोशी, विश्वप्रकाश प्रसाई, शिवप्रसाद सुवेदी, गोविन्द प्रसाद पोख्रेल, ओमप्रसाद उपाध्याय, प्रकाश बराल, सन्तोष थापा रहेका थिए । त्यसैगरी २०६४ साल माघ २६ गते सम्पन्न दोस्रो अधिवेशनबाट पत्रकार ओमप्रसाद घायलको अध्यक्षतामा पत्रकार महासंघ पर्वतको कार्यसमिति गठन भएको थियो । पत्रकार याम बहादुर क्षेत्री संगीतश्रोताको अध्यक्षतामा २०६७ साल फागुन ६ गते सम्पन्न तेस्रो अधिवेशनबाट पत्रकार महासंघ पर्वतको कार्य समिति गठन भएको थियो । पत्रकार दुर्गा प्रसाद शर्माको अध्यक्षतामा २०७० साल फागुन १७ गते, पत्रकार छविलाल तिवारीको अध्यक्षतामा २०७३ साल फागुन ०३ गते र पत्रकार सन्तोष थापाका अध्यक्षतामा २०७७ साल चैत्र २५ गते पत्रकार महासंघ पर्वतको कार्य समिति गठन भएको थियो ।
जिल्लाको मिडिया क्षेत्रले सूचना, समाचार र विचारको संम्प्रेषण मार्फत् पर्वतबासी जनतालाई सचेत र जागरुक बनाउन ठुलो योगदान पुराउदै आएका छन् । पर्वतको पत्रकारितालाई विकास क्रमका हिसावले वि.सं.२०१८ देखि विंसं.२०४७ सम्म, वि.सं.२०४८ देखि वि.सं. २०६२ र वि.सं.२०६३ देखि हालसम्म गरी दुई चरणमा अध्ययन गर्न सकिन्छ ।
पर्वतको पत्रकारिता वि.सं.२०१८ देखि वि.सं.२०४७ सम्म
पर्वतको पत्रकारिताको इतिहासलाई हेर्दा वि.सं.२०१८ सालसम्म पुग्न सकिन्छ । त्यहाँ भन्दा अघिको इतिहास भेटिदैन । वि.सं.२०१८ सालमा पर्वतका वरिष्ठ साहित्यकार शान्तिनारायण श्रेष्ठले आँकुरो नामक हस्तलिखित साहित्यिक पत्रिका निकालेका थिए । यही नै अहिलेसम्म भेटिएको पहिलो पत्रिका हो । यो केही समय मात्र निकालिएको थियो । त्यतिवेला छापाखाना पर्वतमा थिएन । छापाखानाको अभाव भए पनि आफूले पत्रिकाको रुपमा साहित्यिक रचनाहरु कविता, केही विचारहरु हातले नै लेखेर निकाल्ने गरेको साहित्यकार श्रेष्ठ बताउँछन् । वि.सं. २०२१ सालतिर नै साहित्यकार श्रेष्ठकै सम्पादनमा पर्वत बुलेटिन प्रकाशन गरिएको थियो । यो बुलेटिनको प्रकाशन पंचायत विकास केन्द्रले गरेको थियो । बुलेटिन निकाल्नका लागि टाइपराइटरमा टाइप गर्ने र लिथो मेशीनबाट निकाल्ने गरिन्थ्यो । यो बुलेटिन १२ पेजसम्मको हुने सम्पादक श्रेष्ठ बताउँछन् । बुलेटिनमा विकास निर्माण, शिक्षा, विभिन्न सूचनाहरु प्रकाशन गरिन्थे । पर्वतकै साहित्यकार मोहनबहादुर मल्ल सम्पादक रहेर पर्वतमाला साहित्यिक पत्रिका वि.सं.२०२२ सालमा प्रकाशन भएको थियो । यसको सहसम्पादकमा शेर बहादुर गुरुङ, शान्तिनारायण श्रेष्ठ, श्यामानन्द पौडेल, पूर्णलाल श्रेष्ठ रहेका थिए । यो पत्रिका काठमाण्डौबाट प्रकाशन गरिएको थियो । जोर गणेश प्रेसमा यो पत्रिका छापिएको हो । अर्धवार्षिक यो पत्रिका दुई अंकमात्र छापिएको थियो ।
पर्वतको पत्रकारिता वि.सं.२०४८ देखि विं.सं.२०६२ सम्म
साप्ताहिक पत्रकारिताको विकासक्रम हेर्दा भने चालीस दशकको अन्तिम समयदेखि भएको पाइन्छ । सवैभन्दा पहिले साप्ताहिक पत्रिकाबाट पर्वतको पत्रकारिताको इतिहास शुरु भएको देखिन्छ । हरिहर पोख्रेलको सम्पादनमा पर्वतदूत साप्ताहिक प्रकाशन २०४८ सालमा भएको थियो । पर्वतमा छापाखाना नभएपछि यो पत्रिका बाग्लुङ जिल्लामा लगेर छापिएको थियो । यो पत्रिका केही समय प्रकाशन भएपछि बन्द भयो । पर्वतमा वि.सं. २०५२ मा हरि कर्माचार्यले छापाखाना संचालन गरे । उनको गुप्तेश्वर छापाखानाबाट पर्वतको पत्रकारिता क्षेत्रलाई अगाडि बढ्न सहयोग पुगेको थियो । यही छापाखानाबाट २०५४ सालमा कालिको सुसेली त्रैमासिक पत्रिका, सम्पादक इन्द्रकुमार विकल्प र सगुन, त्रैमासिक सम्पादक शान्तिनारायण श्रेष्ठ रहेका साहित्यिक पत्रिकाहरु प्रकाशनमा आए । कालीको सुसेली निरन्तर अहिलेसम्म प्रकाशनमा आइरहेको छ । त्यसैगरी राजेन्द्र पहाडीको सम्पादनमा त्रैमासिक पत्रिका समुदाय र सृजना प्रकाशनमा आइरहेको छ भने सरस्वती शर्मा जिज्ञासु सम्पादक रहेको माधुरी साहित्यिक पत्रिका समेत प्रकाशन हुँदै आएको छ । युवा साहित्यकार तथा स्वतन्त्र लेखकको रुपमा चिनिएका आरके अदिप्त गिरीले ऋतुरंग साहित्यिक पत्रिका २०५८ मा प्रकाशन गरेको थिए तर यसलाई उनले निरन्तरता दिन सकेनन् ।
पर्वतको पत्रकारिता जगतले पचासको दशकपछि तीव्र रुपमा फड्को मारेको छ । यो दशकमा साप्ताहिक पत्रिकाहरु धेरै प्रकाशनमा आएका छन् । पर्वत सन्देश, २०५७ सम्पादक सागरप्रसाद पाध्या, मोदिकाली, २०५८ सम्पादक हरिनारायण रेग्मी, निष्पक्ष अभिमत, २०५८ सम्पादक भोलानाथ शर्मा रहेर साप्ताहिक पत्रिका प्रकाशन भएका थिए । हाल जिल्लामा ११ वटा साप्ताहिक पत्रिकाहरु प्रकाशनमा छन् । सानो बजार र चर्को प्रतिस्पर्धाका विच पत्रपत्रिकाहरु गुज्रनु परेको छ । कतिपय पत्रिकाहरु स्थापना हुने र केही समय प्रकाशन भएपछि बन्द हुने प्रचलन जस्तो रहेको छ ।
पर्वतको पत्रकारिता वि.सं.२०६३ देखि हालसम्म
जिल्लामा पहिलो पटक २०६३ मा स्थापना भैइ आएको अहिंसावादी रेडियो पर्वतसँगै अन्य एफएम रेडियोहरु पनि स्थापना र संचालनमा छन् । जिल्लामा दैनिक पत्रिकाको सवालमा हेर्दा तीनवटा पत्रिकाहरु कालीगण्डकी दैनिक २०६८, सम्पादक भोलानाथ शर्मा, सहारा न्यूज दैनिक २०६८, सम्पादक प्रनिश गिरी र भवानीप्रसाद शर्माको सम्पादनमा धौलागिरि पोष्ट २०७२ संचालनमा रहेको भए पनि हाल कालीगण्डकी दैनिक पत्रिका मात्र निरन्तर प्रकाशनमा छ । मोफसलका पत्रपत्रिकाहरु जसरी आर्थिक, प्राविधिक लगायत अनेकौ समस्याबाट गुज्रिनु परेको छ । उसैगरी पर्वतका स्थानीय छापा र विद्युतीय मिडियाहरु विविध समस्याबाट गुज्रिदै गर्दा केही समय संचालन हुने र बन्द हुने क्रममा छन् । पर्वतमा हालसम्म ७ वटा एफएम रेडियोहरु संचालनमा छन् । यी सवै २०६३ सालपछि नै स्थापना भै संचालनमा रहदै आएका हुन् । शुरुका चरणमा पत्रकारिताले छापाखानाको समस्या व्यहोर्नु परे पनि अहिले भने कतिपय पत्रपत्रिकाले आफ्नै छापाखाना छ भने कतिपयले छापेको रकम भुक्तानी गरी पत्रिका प्रकाशन गर्दै आएका छन् । पछिल्लो पटक पर्वतमा एक टेलिभिजन कालीगण्डकी प्रसारण भैरहेको छ भने अनलाइन पत्रिकाहरु पनि संचालनमा छन् । पर्वतमा सवैभन्दा चर्चित अनलाइन पत्रिका सूचना केन्द्र डट कम रहेको छ । पर्वत जिल्लामा दर्ता भएका अनलाइनहरुमा लोकतन्त्र अनलाइन डटकम, न्युज डबली डटकम, पर्वत न्युज डटकम, सवैको अनलाइन डटकम, पर्वत नेपाल डटकम, बुद्ध सन्देश डटकम, नवदृष्टि डटकम, दु्रत खबर डटकम, गण्डकी सञ्चार डटकम, सूचना केन्द्र डटकम, सारथी न्युज डटकम छन् । यी बाहेक आधा दर्जनको हाराहारीमा बिना दर्ता सञ्चालित अनलाइन समेत सञ्चालनमा छन् । सुरुआतमा प्रकाशनमा आएका छापा पत्रिकामध्ये एक चौथाइले पनि निरन्तरता पाउन सकेका छैनन् । पत्रिकाको निरन्तरतासँगै पत्रकारहरु पनि आफ्नो रोजीरोटी पत्रिकामा काम गरेर मात्र चलाउन नसक्ने अवस्थामा छन् । हातको औलामा गन्न सक्ने जति केही पत्रकारलाई छाडेर अधिकांश पत्रकारहरुको आर्थिक स्थिति दयनीय छ । गाउँबाट बजार क्याम्पस पढ्न आउने केही विद्यार्थीहरु पत्रपत्रिकामा काम गर्न थाल्ने र अलि समयपछि अन्यत्र जाने गर्दा चलन छ । लामो समयदेखि पत्रकारितामै टिकेर व्यावसायिक रुपमा निरन्तर काम गर्ने पत्रकारको संख्या कम छ । कतिपय पत्रपत्रिकामा स्थापित भैसकेका पत्रकारहरु पनि विविध कारणवश पत्रकारिता क्षेत्र छाडेर विदेश भासिने प्रवृत्ति बढ्दो छ । जिल्लामा कार्यरत महिला पत्रकारको अवस्था झनै कम छ । क्रियाशील महिला पत्रकारलाई पत्रकारितामा टिकिरहन झनै बढी चुनौती रहेको स्वयं महिला पत्रकारहरु बताउँछन् ।




