गण्डकी सेरोफेरो

नेपाल दशनामी युवा समिति अध्यक्षमा प्रेम गिरी

नेपाल दशनामी युवा समिति कास्कीको प्रथम अधिबेशन सम्पन्न भएको छ। शनिबार पोखराको न्यु एरा रेष्टुरेण्ट एन्ड पार्टी प्यलेसमा सम्पन्न अधिवेशनले माछापुच्छ्रे गाउँपालिका ५, रिभानका प्रेम गिरीको अध्यक्षतामा सर्वसम्मतरुपमा जिल्ला कार्यसमिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा राजु गिरी, महिला उपाध्यक्षमा मोनालिषा गिरी, सचिवमा आशिष पुरी, कोषाध्यक्षमा सरस्वती पुरी, सहसचिवमा सुस्मिता गिरी चयन भएका छन् । त्यसैगरि सदस्यमा सिता गिरी, ऋषिराम गिरी, मनिषा गिरी, अन्जली गिरी, सुष्मा गिरी र निश्चल गिरी… पुरा पढौ

नेवाः खल कास्कीमा पुनः अशोक पालिखे

नेवाः खल कास्कीको अध्यक्षमा पुनः अशोक पालिखे चयन भएका छन् । संस्थाको शनिबार सम्पन्न अधिवेशनले पालिखेलाई अध्यक्षमा चयन गरेको छ । संस्थाको कार्यसमितिमा अष्टमान प्रधानांग, विश्व विजुक्छे, नारायण श्रेष्ठ, श्रीकृष्ण कतिला, रामप्रसाद श्रेष्ठ र कल्पना श्रेष्ठ छन् । संस्थागततर्फबाट कृष्णबहादुर श्रेष्ठ, हर्कमान शाही र बखतमान जोशी सदस्य चुनिए । यसैगरी मिसा पुचः कास्कीमा मेनुका श्रेष्ठ अध्यक्षमा चयन भएकी छन् । संस्थाको उपाध्यक्षमा संगीता बज्राचार्य, द्वितीय उपाध्यक्षमा शक्ति प्रधानांग, महासचिवमा रेबिका… पुरा पढौ

मन्त्री भट्टराई निर्माणाधिन विमानस्थलमा, समयमै काम सक्न निर्देशन

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको निरीक्षण गरी हालसम्मको कार्य प्रगतिबारे जानकारी लिएका छन् । विमानस्थलमा जहाज अवतरणलाई थप सहज बनाउन राख्न लागिएको ‘ग्लाइड पाथ’ का लागि आवश्यक पर्ने १०४ रोपनी जग्गा अधिग्रहणको बारेमा चासो दिएर उनले जानकारी लिएका थिए । विमानस्थललाई थप सुरक्षित बनाउँदै उनले हुस्सु लागेर ‘भिजिविलिटी’ कम भएको समयमा समेत विमान अवतरणमा सहयोग गर्नका लागि जग्गा अधिग्रहण गरिन लागिएको तथा स्थानीयलाई… पुरा पढौ

‘ स्वदेशको मेहनत टेस्टी हुन्छ ’ चित्रकार छिरिङ फेन्जो गुरुङ भिडियो रिपोर्ट

पोखरा–पोखराको लेक साईडमा शुक्रबार संम्पन्न ३ दिने मुस्ताङ क्यानभास प्रर्दशनी सकिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ देखि प्रदेश प्रमुख अमिक शेरचन लगायत मन्त्री र सांसदले उपस्थिती जनाए । आसन्न भिजिट नेपाल २०२० लाई सफल पार्न मुस्ताङी युवाले एकल चित्रकला प्रस्तुती गरे । https://www.youtube.com/watch?v=oiss3w3Q6T8 पुरा पढौ

स्याङ्जाको जुग्लेमा मेडिसिटीको शिविर

नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले स्याङ्जाको जुुग्लेका १ हजार स्थानीयको स्वास्थ्य जाँच गरेको छ । नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक एवं मेडिकल टिमले आँधिखोला गाउँपालिकाका १ हजारको मुटुरोग, स्त्री, दन्त, हाडजोर्नी तथा सामान्य समस्याका लागि परामर्शसहित औषधिसमेत वितरण गरेको छ । पुुष ६ गतेदेखि ८ गतेसम्म जुुग्ले स्थित आँधिखोला बोर्डिङ्ग स्कुलमा भएको शिविरका लागि आँधिखोला गाउँपालिकाको समन्वय तथा ब्लाक याकह्युुमन फाउण्डेसन र कोरियन ओपन डक्टर्स सोसाइटीको संलग्नता थियो । शिविरमा नेपाल… पुरा पढौ

पानी उद्योग सञ्चालक पक्राउ

पिउने पानीमा कोलिफर्म भेटिएपछि स्याङ्जाका १ पानी उद्योग सञ्चालक पक्राउ परेका छन् । दिसामा हुने कोलिफर्म खानेपानीमा भेटिएपछि युकी पानीका सञ्चालक देवेन्द्र श्रेष्ठलाई प्रहरीले शुक्रबार पक्रेको हो । स्याङ्जाको पुतलीबजार २ मा रहेको डिकेएस मिनिरल वाटर उद्योग प्रालिको युकी पानीको नमूना गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौं पठाइएको कोलिफर्म भएको प्रमाणित भएको थियो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बांगले यो पानी उत्पादन र बिक्री, वितरणमा… पुरा पढौ

मुस्ताङ क्यानभास हेर्न मुख्यमन्त्रीदेखि प्रदेश प्रमुखसम्म

पोखरा–पोखराको लेक साईडमा शुक्रबार संम्पन्न ३ दिने मुस्ताङ क्यानभास प्रर्दशनी सकिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ देखि प्रदेश प्रमुख अमिक शेरचन लगायत मन्त्री र सांसदले उपस्थिती जनाए । आसन्न भिजिट नेपाल २०२० लाई सफल पार्न मुस्ताङी युवाले एकल चित्रकला प्रस्तुती गरे । यसअघि एकल चित्रकला प्रर्दशनीको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरेका थिए । सो अवसरमा मुख्यमन्त्री गुरुङले चित्रकार फेन्जोप्रति हौसला बढाउदै सरकारले गर्न नसकेको काम युवाले… पुरा पढौ

पत्रकार बिमला भण्डारीको स्वास्थ्यमा सुधार, अस्पतालबाट डिस्चार्ज

नेपाल पत्रकार महांसंघ कास्कीकी उपाध्यक्ष बिमला भण्डारीको स्वास्थ्यमा सुधार आएको छ । योसंगै उनी अस्पतालबाट डिस्चार्ज भएकी छन् । उनी केही दिनदेखि बिरामी भइ काठमाडौंस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचाररत थिइन् । उनको स्वास्थ्यमा युटिआइको समस्या देखिएको बताइन्छ । उनलाई केही दिन अझै आराम गर्न चिकित्सकले सुझाएको पारिवारिक स्रोतले जनाएको छ । भण्डारी न्यूनतम् पारिश्रमिक निर्धारण समिति सदस्य, रेडियो जननीका स्टेशन म्यानेजर समेत हुन् । बिरामी भण्डारीलाई न्यूनतम् पारिश्रमिक निर्धारण समितिका… पुरा पढौ

खेलको माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धन : मन्त्री विक

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले खेलको माध्यमबाट आन्तरिक पर्यटन प्रवर्द्धनका लागि ठूलो सघाउ पुगेको बताएका छन् । कास्कीको अन्नपूर्ण गाँउपालिका–११, छोम्रोङमा सञ्चालित १८औं ल्होसार मेला–२०७६ को समापनका अवसरमा उनले खेलकुदका माध्यमबाट देशको अर्थत्रन्त्रमा टेवा पुर्याउन साहसिक तथा पर्यटकीय खेल गन्तब्यको पहिचान गरी आवश्यक पूर्वाधार निर्माण र उच्व धरातलीय खेलकुद प्रशिक्षण केन्द्र स्थापनाको कार्य शुरु भएको बताए । उनले सेञ्चुरी यूवा क्लबले निर्माण गर्न लागेको टेनिस कोर्टका लागि… पुरा पढौ

नेतृ प्रभाश्रीको निधनप्रति कांग्रेसद्धारा दुःख व्यक्त

कास्कीकी महिला नेतृ प्रभाश्री गुरुङको निधनप्रति काँग्रेसले दुःख व्यक्त गरेको छ । कास्की काँग्रेस र क्षेत्रीय समिति क्षेत्र नं १ ले छुट्टाछुट्टै विज्ञप्ति प्रकाशित गरी उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् । कास्की काँग्रेसका सभापति कृष्ण केसी र क्षेत्रीय सभापति बिर्जमान गुरुङले विज्ञप्तिमार्फत् उनको निधनले पार्टीका अपूरणीय क्षति पुगेको जनाएका छन् । विज्ञप्तिमा शोकाकुल परिवारजनमा समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ । केही समय अघिदेखि निमोनियाबाट पीडित… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं