गण्डकी सेरोफेरो

आज सार्वजनिक बिदा (सरकारको सूचनासहित)

गण्डकी प्रदेश सरकारले तमु ल्होसारको दिन आज सार्वजनिक विदा दिने भएको छ । गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले तमु ल्होसारको दिन आज पुष १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गत शुक्रबार प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिए । २४ लाख जनसंख्या रहेको गण्डकी प्रदेशमा ८.४ प्रतिशत गुरुङ छन् । सरकारले गुरुङ समुदायको ठूलो पर्व तमु… पुरा पढौ

सडक महोत्सव मर्यादित बनाउन प्रहरी प्रमुख घिमिरेको निर्देशन

पर्यटकिय नगरी पोखराको लेकसाईडमा अङग्रेजी नयाँ वर्षलाई लक्षित गरि यही पौष १२ गतेबाट सुरु हुन गईरहेको २१औं पोखरा सडक महोत्सवलाई शान्तिपूर्ण, सभ्य तथा मर्यादित वातावरणमा सम्पन्न गराउन गण्डकी प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जिल्ला स्थित कार्यरत प्रहरी कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका छन्। प्रदेश प्रहरी कार्यालय पोखरामा यहि पौष १०गते आयोजित सुरक्षा योजना छलफल कार्यक्रम अवसरमा जिल्ला प्रहरी कार्यालय कास्कीले तयार पारेको महोत्सव विशेष… पुरा पढौ

लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका विषयमा अन्तरक्रिया

सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पौष १० गते पोखरामा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुका समस्या, सवाल तथा समाधानका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । वर्तमान समाजमा लैंगिक तथा यौनिक अल्पसंख्यकहरुले समाना गर्दै आईरहेका विभिन्न विभेद तथा अपहेलना लगायतका चुनौतीहरुका विषयमा वृहत छलफल एवं अन्तरक्रिया गरी त्यस्ता विभेदजन्य गतिविधिहरु विरुद्ध ठोस कदम चाल्न गण्डकी प्रदेश अन्तर्गत विभिन्न जिल्लामा रहेका लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो… पुरा पढौ

सडक महोत्सवको तयारी अन्तिम चरणमा

अंग्रेजी नयाँ वर्षको अवसरमा पोखरामा सञ्चालन हुने पोखरा सडक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । रेवान पोखराको आयोजनामा २१ औं संस्करणको सडक महोत्सव पुस १२ देखि १६ गतेसम्म सञ्चाल हुने महोत्सवको सबै तयारी अन्तिम चरणमा पुगेको बताए । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । लेकसाइडस्थित खुला सडकमा महोत्सव हुनेछ । कोमागाने पार्कमा समेत सांस्कृतिक, सांगीतिक र खानाका परिकारमा… पुरा पढौ

गलेश्वरधामका पुरानो सम्पदा मासिँदै

म्याग्दीको गलेश्वर शिवालय परिसरमा पुरानो सम्पदाको रुपमा रहेको शालग्राम गण्डकी वेद विद्याश्रमको भवन मास्न लागिएको छ । विसं २०२८ मा स्थानीय स्रोतसाधनको प्रयोग गरी निर्माण गरिएको पुरानो सम्पदालाई संरक्षण गर्नुको साटो भवनलाई विना कारण भत्काउन लागिएको हो । संस्कृत पाठशाला सञ्चालन हुँदै आएको सो भवन अहिले गलेश्वर शिवालय परिसरमा रहेको एक मात्रै पुरानो सम्पदाको रुपमा रहेको छ । विसं २०७२ को विनाशकारी भूकम्पले समेत कुनै क्षति नपु¥याएको सो भवनलाई भत्काउने… पुरा पढौ

सुन्तला खेती : बेचेर पनि पैसा, नगरपालिकाको पनि पैसा

बागलुङ नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले परम्परागत बाली छाडेर सुन्तला खेती गर्नेलाई उब्जनी बराबरको रकम प्रदान गरेको छ । परम्परागत रुपमा गरिँदै आएको खाद्य बालीबाट राम्रो प्रतिफल प्राप्त हुन नसक्ने ठाउँमा सुन्तला खेती गर्न इच्छुक किसानलाई उत्पादन बराबरको रकम प्रदान गरिएको हो । नगरपालिकाले यसवर्ष परम्परागत बाली त्यागेर सुन्तला खेती गरेका १२ जना किसानलाई एकमुष्ठ रु २ लाख ६२ हजार रकम हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज… पुरा पढौ

पोखराको रत्नमन्दिर खुलाउन यस्तो तयारी

पर्यटकीय राजधानी पोखराको फेवा किनारमा रहेको रत्नमन्दिर भ्रमण वर्ष २०२० का अवसरमा सर्वसाधारणका लागि खुला गरिने भएको छ । गण्डकी प्रदेशका वन, पर्यटन, उद्योग तथा वातावरणमन्त्री विकास लम्सालले नेपाल ट्रष्टसँग सहमति भएको र भ्रमण वर्ष २०२० मा सर्वसाधारणका लागि खुला गरिने बताए । उनले भने, ‘नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरसँगको सहमतिसँगै भ्रमण वर्षमै सर्वसाधारणको लागि खुला गरिनेछ ।’ ट्रष्टका सचिव ठाकुरले आफूहरू भ्रमण वर्षलाई नै लक्षित गरेर रत्नमन्दिर खुलाउन तयार… पुरा पढौ

१३औं लगत्तै १४औं सागको चर्चा शुरु

१३ औं सागबाट हौसिएको राष्ट्रिय खेलकूद परिषद्ले १४औं सागको चर्चा गर्न थालेका छन् । योसंगै १४औं साग पनि नेपालमै हुने संकेत देखिएको छ । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाललाई दक्षिण एशियाली राष्ट्रमा खेलकूदको ‘पावरहाउस’ का रूपमा स्थापित गर्ने प्रतिबद्धता जनाए । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीद्वारा आयोजित ‘१३औं हिसान कास्की स्पोर्टस मिट’ मा उनले मुलुक अहिले १४औँ सागको तयारीमा जुटिरहेको जानकारी दिए । हिसानका… पुरा पढौ

मान्छे खाने अर्को चितुवा खोरमा पर्यो, कति छन् अझै ?

तनहुँको व्यास नगरपालिका–९ बिर्तास्थित सामुदायिक वनमा थापिएको काठको खोरमा परेर बिहीबार बिहान एउटा चितुवा नियन्त्रणमा आएको छ । चितुवा नियन्त्रणका लागि स्याकुनथोक सामुदायिक वनमा राखिएको काठको खोरमा परेर पोथी चितुवा नियन्त्रणमा आएको हो । उक्त पोथी चितुवा छ–सात वर्षको र ३०–३५ किलो तौल रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । बरालका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षितरूपमा चितवन स्थानान्तरण गरिने छ । चितुवाको आतङ्क बढेपछि यहाँका सामुदायिक… पुरा पढौ

अपराध अनुसन्धान तालिमरत प्रशिक्षार्थीसंग अन्तरक्रिया

प्रदेश प्रहरी तालिम केन्द्र गण्डकी प्रदेश पोखरामा सञ्चालन भईरहेको अपराध अनुसन्धान (जुनीयर प्रहरी अधिकृत) तालिम ०७-०१औं समूहका प्रशिक्षार्थीहरुसंग अपराध अनुसन्धानसंग सम्बन्धित विविध विषयमा आज छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अपराध अनुसन्धानका क्रममा कार्य क्षेत्रमा आईपर्ने विविध प्रकृयागत चुनौती तथा कानुनी जटिलताहरुका वियषमा छलफल तथा अन्तरक्रिया गरि यस विषयमा एक ठोस अवधारणाको विकास गर्न साथै प्रहरी सेवा प्रवाहमा सरलता एवम् सहजता ल्याउन उक्त अन्तरक्रिया तथा छलफल कार्यक्रम बुधबार… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं