नेपाल दशनामी युवा समिति कास्कीको प्रथम अधिबेशन सम्पन्न भएको छ। शनिबार पोखराको न्यु एरा रेष्टुरेण्ट एन्ड पार्टी प्यलेसमा सम्पन्न अधिवेशनले माछापुच्छ्रे गाउँपालिका ५, रिभानका प्रेम गिरीको अध्यक्षतामा सर्वसम्मतरुपमा जिल्ला कार्यसमिति चयन भएको हो । अधिवेशनले उपाध्यक्षमा राजु गिरी, महिला उपाध्यक्षमा मोनालिषा गिरी, सचिवमा आशिष पुरी, कोषाध्यक्षमा सरस्वती पुरी, सहसचिवमा सुस्मिता गिरी चयन भएका छन् । त्यसैगरि सदस्यमा सिता गिरी, ऋषिराम गिरी, मनिषा गिरी, अन्जली गिरी, सुष्मा गिरी र निश्चल गिरी रहेका छन् । २१ सदस्य कर्यसमितिमा बाँकि ९ सदस्य भने अध्यक्षको सम्योजकत्तोमा थप गरीने भएको छ।
उक्त कार्यक्रममा स्वगत मन्तब्य राख्दै नेपाल दशनामी युवा समिती केन्द्रिय सदस्य किसन गिरीले कास्कीमा तदर्थसमिति गठन भएदेखीनै यहाँका युवाहरुले विभिन्न चेतनामुलक कर्यक्रमहरु गर्दैआएको स्मरण गराए। शुभकामना मन्तब्य राख्ने क्रममा नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव गिरीले समाजमा युवाको भुमिका ठुलो रहेको बताउँदै दशनामीले समाजमा आफ्नो पहिचान बनाईसकेको बताए ।
दशनामीको ईतिहास र वर्तमानका बारेमा केन्द्रीय उपाध्यक्ष विदुर भारतीले प्रस्ट्याएका थिए । त्यस्तै नेपाल दशनामी युवा समितिक केन्द्रीय अध्यक्ष सुर्य गिरीले समाज युवाले नै परिवर्तन गर्न सक्ने हुँदा युवाहरु एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिए । त्यसैगरि दशनामी समाज कास्कीका अध्यक्ष जगतमोहन गिरीले समितिको काम, कर्तव्य र महत्वको बारेमा प्रस्ट्याए । त्यस्तै नेपाल दशनामी युवा समितिका केन्द्रीय वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीले युवाको साथमा आफु सधै रहेका बताउँदै युवालाई अगाडी बढ्न अब कसैले रोक्न नसक्ने बताए । ‘समाजलाई सकारात्मक परिवर्तन गर्न तपाईहरु अगाडी बढ्नुस् तपाईको साथमा म छु’ उनी भन्छन् । उक्त कर्यक्रम नेपाल दशनामी युवा समाज, गण्डकी प्रदेशका पुर्ब सचिब मनोज गिरीले संचालन गरेका थिए।




