स्याङ्जाको जुग्लेमा मेडिसिटीको शिविर

नेपाल मेडिसिटी अस्पतालको मेडिकल टोलीले स्याङ्जाको जुुग्लेका १ हजार स्थानीयको स्वास्थ्य जाँच गरेको छ ।

नेपाल मेडिसिटीका वरिष्ठ चिकित्सक एवं मेडिकल टिमले आँधिखोला गाउँपालिकाका १ हजारको मुटुरोग, स्त्री, दन्त, हाडजोर्नी तथा सामान्य समस्याका लागि परामर्शसहित औषधिसमेत वितरण गरेको छ । पुुष ६ गतेदेखि ८ गतेसम्म जुुग्ले स्थित आँधिखोला बोर्डिङ्ग स्कुलमा भएको शिविरका लागि आँधिखोला गाउँपालिकाको समन्वय तथा ब्लाक याकह्युुमन फाउण्डेसन र कोरियन ओपन डक्टर्स सोसाइटीको संलग्नता थियो ।

शिविरमा नेपाल मेडिसिटी अस्पतालको तर्पmबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लव जोशी, हाडजोर्नी विशेषज्ञ डा. निभा चित्रकार, डा. सन्तोष यादवसहित २ नर्स र व्यवस्थापनका लागि स्मिता नेपालको सहभागिता थियो । दक्षिण कोरियाबाट आएको मेडिकल टिममा भने स्त्रीरोग, दन्त तथा हाडजोर्नी विशेषज्ञ तथा फार्मेसिष्ट थिए ।

अधिकांश मानिसमा उच्च रक्तचाप देखिएको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. लवजोशीको अनुुभव छ । अस्पतालका महाप्रबन्धक विजय रिमालले सबै नेपालीलाई स्वदेशमै स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको मेडिसिटीले अभियान जारी राखेको बताए । ललितपुरमा रहेको मेडिसिटी ७ सय ५० बेडको सुपर स्पेसालिटी अस्पताल हो ।