गण्डकी सेरोफेरो

पोखरा जेसीसको अध्यक्षमा शिव, लेडी जेसीसमा शोभा

पोखरा जेसीसको अध्यक्ष पदमा शिवप्रसाद सापकोटा निर्वाचित भएका छन् । उनी वर्ष २०२० का लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । साथै पोखरा लडी जेसीस २०२० का लागि अध्यक्ष पदमा शोभा भुजेल निर्वाचित भएकी छन् । पोखरा जेसीसको कानूनी सल्लाहकारमा गणेश गिरी, कार्यकारी उपाध्यक्षमा मीनराज खड्का, महासचिवमा अनन्त प्रधानांग, कोषाध्यक्षमा प्रकाश घिमिरे, सचिवमा सन्देश पराजुली, सहकोषाध्यक्षमा शंकर कंडेल चयन भएका छन् । यसैगरी ४ उपाध्यक्षमा कमलराज पराजुली, सूर्यबहादुर केसी, श्रीकृष्ण… पुरा पढौ

‘विपि जत्तिको दूरदर्शी नेता मुलुकले अब पाउँदैन’

नेपाली कांग्रेस कास्कीले ४४ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको छ । पोखरा चिप्लेढुङ्गास्थित पार्टी कार्यालयमा प्रवचन गरी दिवस मनाइएको हो । कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकको सहभागिता रहेको थियो । त्यस अवसरमा गण्डकी प्रदेशसभा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले जनता सरकारको गतिविधिका कारण वाक्क भएको बताए । उनले त्यो बेलाको राष्ट्रिय मेलमिलाप अहिले पनि उत्तिकै आवश्यक भएको भन्दै राष्ट्रिय मुद्धामा सबै दलहरू एकतावद्ध हुनुको विकल्प नभएको… पुरा पढौ

तमु ल्होछारलाई राष्ट्रिय पर्व बनाउनुपर्छ : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले तमु ल्होछार पर्वलाई राष्ट्रिय पर्वकोरुपमा मनाउनुपर्नेमा जोड दिएका छन् । तमु समुदायलाई राज्यले सधैं सम्मान दिएकाले तमुहरूको महान पर्वलाई पनि सम्मानस्वरुप राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताए । पोखराको लेखनाथमा आयोजित च्यु ल्होछार (मुसा वर्ग) कार्यक्रममा मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशले यस अवसरमा सधैं बिदा दिने स्पष्ट पारे । उनले भने, ‘यो पर्व गण्डकी प्रदेशमा मात्र होइन देशव्यापीरुपमा मनाउनुपर्छ ।’ तमु ल्होछारलाई राष्ट्रिय पर्वको रुप दिन आफूले… पुरा पढौ

प्रहरी प्रमुख घिमिरेद्धारा भवन शिलन्यास

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जिल्ला प्रहरी कार्यालय गोरखाको हाता भित्र नव निर्माण हुने प्रहरी ब्यारेक भवन, मेष, थुनुवा कक्ष साथै कार्यालय प्रमुख निवासको शिलन्यास गरेका छन् । नेपाल प्रहरीका कार्यालय एवं ब्यारेक भवनहरुलाई समय सापेक्ष सुविधा सम्पन्न बनाउँदै प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी एंव जनमुखी बनाउने उदेश्यले उक्त भवनहरुको निर्माण कार्य सुरु गरिएको हो । सोही अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी कर्मचारीहरुलाई… पुरा पढौ

‘गैर-व्यवसायिक काम गर्ने प्रहरीलाई संगठनमा रहने हक छैन’

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले यहि पौष १३ गते गोरखा जिल्लाको भिमसेन थापा गाँउपालिका-८ बोर्लाङ स्थित प्रहरी चौकी बोर्लाङको नव-निर्मित प्रहरी भवनको शिलालेख अनावरण तथा प्रवेशद्वारमा रिबन काटी उद्‌घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि घिमिरेले प्रहरीले लगाएको निलो बर्दी प्रहरी पोशाक मात्रै नभई उक्त बर्दीमा आम नागरिकको आस्था, विश्वास र भरोसा साथै राष्ट्रको प्रतिष्ठा समेत जोडिएकाले बर्दी लगाएर गैर व्यवसायिक गतिविधि गर्ने कुनै पनि… पुरा पढौ

तनहूँमा चितुवाले फेरि खायो बालक

चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको पिँढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासि हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लीलाराज लामिछानेले जानकारी दिए । उनका अनुसार शरीरको ७० प्रतिशतभन्दा बढी भाग… पुरा पढौ

आज ‘ल्होसार’ पर्व मनाइँदै

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायको विश्वास छ । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको… पुरा पढौ

विप्लवका कार्यकर्ताले गरे आत्मसर्मपण

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरु पक्राउ पर्ने क्रम रोकिएको छैन । धेरैजसोलाई प्रहरीले पक्राउ गरेको छ भने केही आत्मसमर्पणसमेत गरेका छन् ।  नेत्रविक्रम चन्द ‘विप्लब’ समूह निकट युवा सङ्गठन बागलुङका सचिव सहलबहादुर सुनारले जिल्ला प्रशासन कार्यालय बागलुङमा सोमबार आत्मसमर्पण तथा पार्टी परित्यागको प्रतिवद्धतापत्रमा हस्ताक्षर गरेका छन् । पुरा पढौ

आज सार्वजनिक बिदा (सरकारको सूचनासहित)

गण्डकी प्रदेश सरकारले तमु ल्होसारको दिन आज सार्वजनिक विदा दिने भएको छ । गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले तमु ल्होसारको दिन आज पुष १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गत शुक्रबार प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिए । २४ लाख जनसंख्या रहेको गण्डकी प्रदेशमा ८.४ प्रतिशत गुरुङ छन् । सरकारले गुरुङ समुदायको ठूलो पर्व तमु… पुरा पढौ

संघ र प्रदेशको गतिविधिबारे जानकारी दिदै नागरिक संवाद केन्द्र

नागरिक संवाद केन्द्र गण्डकी प्रदेशले सदाकोझै हरेक महिनाको अन्तिममा आयोजना हुने संघ र प्रदेशको गतिविधिहरुलाई आज सोमबार विभिन्न सरोकार निकायहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा संघको जानकारी नागरिक संवाद केन्द्र गण्डकी प्रदेशका प्रमुख अधिवक्ता जुना कुमारी गुरुङ राखेकी थिइन् भने गण्डकी प्रदेशको गतिविधिबारे जानकारी प्रदेश सभा सचिवालयका उपसचिव राजेन्द्र न्यौपानेले राखेका थिए । कार्यक्रममा गण्डकी प्रदेशमा क्रियाशील विभिन्न राजनैतिक दल, युवा संस्थाका प्रतिनिधिहरु, संचारकर्मी, महिला अधिकारकर्मी, तेस्रो लिङ्गी,… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं