पोखरामा मेघ गर्जनसहित वर्षा, विद्यार्थी कठ्याङग्रिदै परीक्षामा

पोखराका विभिन्न विद्यालयमा परीक्षा जारी छ । यही पुस १७ गतेबाट परीक्षा शुरु भएको हो ।

कडा चिसो छिचोलेर विद्यार्थीहरू परीक्षामा जान बाध्य भएका छन् ।

अहिले पोखरामा मेघ गर्जनसहित पानी परिरहेको छ । पोखरा लगायत देशभर ३ दिन पानी पर्ने बताइन्छ ।

पानी परेर कडा चिसो भएपछि मानिसको चहलपहल निकै कम छ । मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् ।

मौसम पनि निकै अँध्यारो छ । पोखरा वरिपरिको वातावरणका साथै डाँडाहरूमा तुँवालोले भरिएको छ ।