लिम्पियाधुरा र कालापानी भएको नक्सा सरकारलाई हस्तान्तरण

भारतले आफ्नो नक्सामा समावेश गरेका लिम्पियाधुरा, कालापानी लगायतका क्षेत्रसमेत समावेश गरिएको नक्सा नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।

स्वतन्त्र नागरिक मञ्चले सोमबार संघीय सरकारका प्रतिनिधि कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, स्थानीय सरकार पोखरा महानगरका मेयर मानबहादुर जिसी र कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीलाई नेपालको नक्सा हस्तान्तरण गरेको हो । सो नक्सामा भारतले यसअघि सीमा मिचेका ६० स्थानसमेत समावेश छन् ।

मञ्चका संयोजक माधव पाहारीले देशको सीमा रक्षाका लागि सजग नागरिकको हैसियतले कार्यक्रम गरिएको बताए । सीमा, राष्ट्रियता र देशका लागि सबै नेपाली एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

मञ्चले मंसिर २७ गते सीमा अतिक्रमणको अवस्थाबारे अन्तक्र्रिया गरेको थियो ।