पोखराको मौसम : उज्यालो हुनुको साटो झनै अँध्यारो

पोखरामा आज शुक्रबार बिहान उज्यालो हुनुको साटो अझै अँध्यारो बन्दै गएको छ । पानी पर्ने सम्भावना देखिन्छ ।

बिहान ७ बजेसम्म निकै अँध्यारो भएको छ । अन्य दिनको तुलनामा बढी चिसो महसूस गरिएको छ । जसका कारण मानिसको चहलपहल कम भएको छ ।

मौसम विदका अनुसार आज शुक्रबार र भोलि शनिबार देशभर पानी पर्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।