गण्डकी सेरोफेरो

पोखरा झलमल्ल, कस्तो होला आजको मौसम ?

पोखरा यतित्रेला घमाइलो भएको छ । बिहानै देखि मौसम खुलेको छ । झलमल्ल घाम लागेको छ । पोखरा आसपासका डाँडा र हिमालहरू निकै सफा देखिन्छन् । पोखराबाट देखिने आकाश पनि सफा छ । कडा चिसोका कारण शुक्रबार र शनिबार कष्टकर बनेको जनजीवन आइतबार बिहानैदेखि घाम लागेपछि सहज बनेको छ । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार शनिबारसम्म मौसम बदलीसँगै वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार… पुरा पढौ

वृत्तचित्रमा गलकोटको सौन्दर्य

ठूलो लगानी र सीप खर्चेर गलकोट क्षेत्रको विविधता झल्कने गरी ‘गलकोट’ वृत्तचित्र निर्माण गरिएको छ । निर्माता ‘युएसबी’ सेवा प्रालिले वृत्तचित्रको ‘टिजर’ र ‘पोस्टर’ शुक्रबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । कम्पनीका निर्देशक आकाश युएसबी थापाका अनुसार वृत्तचित्रको प्रदर्शन आउँदो चैतमा जापानबाट थालिनेछ । वर्ष दिनको श्रम र मेहिनतपछि वृत्तचित्र तयार भएको उनको भनाइ छ । वृत्तचित्र ४० मिनेटको छ । “वृत्तचित्रमा करिब रु ३५ लाख खर्च भयो”, निर्देशक… पुरा पढौ

राइनासको मजुवामा आधुनिक बाख्रा फार्म सञ्चालनमा

लमजुङ जिल्लाको राईनास नगरपालिका वडा नं. २ मजुवामा आधुनिक बाख्रा फार्म सञ्चालनमा आएको छ । कृषिमा आत्मर्निभर बनाउने सरकारले घोषणा गरिरहेको अवस्थामा युवाहरू ब्यवसायिक कृषिमा प्रवेश गर्न थालेका हुन् । लामो समय विदेशमा बिताएका प्रेम अम्गाईले १ सय वटा बाख्रा अट्ने आधुनिक खोर निर्माण गरि ब्यवसाय शुरु गरेका हुन् । अम्गाई फार्म दर्ता गरी उनले उन्नत जातको बाख्रापालन गर्न लागेका हुन् । उनले बोयर लगायतका बाख्रा पालन शुरु गरेका छन्… पुरा पढौ

पोखरामा मेघ गर्जनसहित वर्षा, विद्यार्थी कठ्याङग्रिदै परीक्षामा

पोखराका विभिन्न विद्यालयमा परीक्षा जारी छ । यही पुस १७ गतेबाट परीक्षा शुरु भएको हो । कडा चिसो छिचोलेर विद्यार्थीहरू परीक्षामा जान बाध्य भएका छन् । अहिले पोखरामा मेघ गर्जनसहित पानी परिरहेको छ । पोखरा लगायत देशभर ३ दिन पानी पर्ने बताइन्छ । पानी परेर कडा चिसो भएपछि मानिसको चहलपहल निकै कम छ । मानिसहरू घरबाहिर निस्कन सकेका छैनन् । मौसम पनि निकै अँध्यारो छ । पोखरा वरिपरिको वातावरणका साथै… पुरा पढौ

पोखरामा पानी पर्न शुरु, चिसो कडा

पोखरामा पानी पर्न शुरु भएको छ । आज शुक्रबार बिहान ८ः३० बजेबाट पानी पर्न शुरु भएको हो। यो संगै कडा चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज शुक्रबार र भोलि शनिबार पानी पानी पर्ने मौसमविद्ले बताएका छन् । मौसमविद्का अनुसार हिमाली भेगमा हिमपात समेत हुनेछ । बिहीबार पोखराको केही स्थानमा पानी परेको थियो । साथै बिहीबार राति करिब १० बजे ३.८ रेक्टर स्केलको भूकम्प समेत गएको थियो । पुरा पढौ

पोखराको मौसम : उज्यालो हुनुको साटो झनै अँध्यारो

पोखरामा आज शुक्रबार बिहान उज्यालो हुनुको साटो अझै अँध्यारो बन्दै गएको छ । पानी पर्ने सम्भावना देखिन्छ । बिहान ७ बजेसम्म निकै अँध्यारो भएको छ । अन्य दिनको तुलनामा बढी चिसो महसूस गरिएको छ । जसका कारण मानिसको चहलपहल कम भएको छ । मौसम विदका अनुसार आज शुक्रबार र भोलि शनिबार देशभर पानी पर्ने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पुरा पढौ

विमानस्थल निर्माण कार्य ५४ प्रतिशत पूरा

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य जारी छ । विमानस्थल निर्माण कार्य हालसम्म ५४ प्रतिशत सम्पन्न भएको छ । आगामी २०२१ जुलाईसम्म विमानस्थल निर्माण कार्य सक्ने लक्ष्य छ । यस बीचमा कहिंकतैबाट अवरोध नभए २०२० को अन्त्यसम्ममा निर्माण सम्पन्न हुने निर्माण कम्पनीको दावी छ । चाइनाको सिएमसी कम्पनीले निर्माणको जिम्मेवारी पाएको विमानस्थलको सम्झौता २०१७ जुलाई ११ मा भएको थियो भने निर्माण कार्य २०१७ नोभेम्वर ११ बाट शुरु… पुरा पढौ

टोपी दिवमा युवाहरूले उठाए लिपुलेकको कुरा

सातौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा नेपाली टोपी लगाएर युवा हरुले लिपुलेक र कालापानी मुद्दा लाई पुन: उठाएका छन्। पछिल्लो राजनितिक अवस्था, सरकार विस्तार लगायतका विषय हरुले स्थान लिदा भारतले मिचेको नेपालको भुमी लिपुलेक र कालापानीको मुद्दा सेलाएको अवस्थामा नेपाल टोपी प्रतिष्ठान गण्डकीले ढाका टोपी लगाएर प्रदेश सरकार समक्ष उठाएको हो। विभिन्न सरकारी दस्तावेज तथा जनगणना अनुसार उक्त भुमी नेपालको हो भनेर स्पष्ट छ। नेपाल-भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी… पुरा पढौ

मोदी-लेखनाथ प्रसारण लाइन निर्माण अवरुद्ध, यस्तो छ कारण

पर्वतको देउपुरदेखि कास्कीको लेखनाथसम्मको नयाँ मोदी–लेखनाथ प्रसारण लाइनको निर्माण कार्यमा स्थानीयवासीले अवरोध गरेका छन् । पर्वतको मोदी गाउँपालिका–१, शेराबेँसीका बासिन्दाले विद्यालय नजिकबाट प्रसारण लाइन निर्माण गर्न थालिएको भन्दै स्थानान्तरणको मागसहित अवरोध गरेका हुन् । स्थानीय नवज्योति थम माविलाई प्रसारण लाइनले प्रत्यक्ष प्रभाव पर्ने दाबीसहित उनीहरूले स्थानान्तरण गर्न माग गरेका छन् । पर्वत भएर बग्ने मोदीखोला, कास्कीमा बग्ने सेतीनदी र मर्दीखोलामार्फत बन्ने विद्युत् आयोजनाबाट उत्पादित विद्युतलाई पोखरास्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा… पुरा पढौ

गण्डकी प्रदेश प्रबर्द्धनको लागी फोटो प्रदर्शनी

गण्डकी प्रदेशका फोटोपत्रकारहरुले पर्यटन प्रबर्द्धन गर्ने लक्ष्यका साथ प्रदेशको ११ जिल्ला झल्कने गरि फोटो प्रदर्शनी गरेका छन । नेपाल भ्रमण वर्ष २०२० स्वागत तथा उद्घाटन कार्यक्रम संगै गण्डकी प्रदेशको सहयोगमा ११ जिल्लाका पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिने लक्ष्यका साथ फोटो प्रदर्शनमा राखिएको हो । पोखरामा रहेका फोटो पत्रकार दुर्गा प्रसाद पौडेल, राम गुरुङ, कृष्णमणि बराल, उमेश पुन, प्रदिप पौडेल लगायत , सुदर्श रन्जित, अशेस साक्य, नारायण आचार्य ,इन्द्र पौडेल लगायत… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं