लेखनाथमा जिपको ठक्करबाट बालिकाको मुत्यु

पोखराको लेखनाथमा जीपको ठक्करले एक बालिकाको मृत्यु भएको छ । पोखरा–२६, कालिका चोकमा ग२च २७१८ नम्बरको जीपले ठक्कर दिँदा तनहूँ घर भई कालिकाचोक बस्ने २ वर्षीय प्रिन्सेस विकको मृत्यु भएको हो ।

दुर्घटनाबाट घाइते विकको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जीप र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।-फाइल तस्वीर