तनहुँमा ट्रकले किचेर १० वर्षीया बालिकाको मृत्यु

Image result for ट्रकको ठक्कर

तनहूँमा ट्रकले किचेर १ बालिकाको ज्यान गएको छ । पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका नयाँपुलमा डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकले किचेर सडक छेउ हिँड्दै गरेकी गोरखा पालुङटारकी १० वर्षीया सुरता परियारको मृत्यु भएको छ । 

उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ । 

मृतक बालिकाको दाहिने खुट्टा र कम्मरमुनिको भाग ट्रकको चक्काले पेलिएको थियो । चालक र ट्रक प्रहरी नियन्त्रणमा छन् ।