गण्डकी सेरोफेरो

अन्नपूर्ण आधार शिविरमा चार कोरियाली र दुई नेपाली पथप्रदर्शक बेपत्ता

अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।  उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उनले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने जानकारी दिए । अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण… पुरा पढौ

यस्तो छ पोखराको मौषम

पोखरामा रातिदेखि वर्षा रोकिएको छ । तर पुनः पानी पर्ने संकेत गरिरहेको छ । आज शनिबार बिहान निकै अँध्यारो भएको छ । चिसो कडा छ । पोखरा वरिपरि हुस्सु र कुहिरोले ढाकेको छ । आज साँझदेखि मौषममा सुधार हुने मौषम विभागले जनाएको छ । https://www.youtube.com/watch?v=wux73u745us&t=155s पुरा पढौ

२२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस पोखरामा मनाइयो

“भुकम्पबाट सुरक्षित पुर्वाधार , दिगो सुख र समृद्धिको आधार “ भन्ने मुल नाराका साथ २२ औँ राष्ट्रिय भुकम्प सुरक्षा दिवस गण्डकी प्रदेशको राजधानी पोखरामा पनि विभिन्न कार्यक्रमहरु गरि मनाईएको छ । गण्डकी प्रदेश सरकारको आन्तरीक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा सम्पन्न उक्त कार्यक्रमहरु अन्तर्गत आज अर्थात माघ(०२ गते विभिन्न सचेतानामुलक नारा सहित प्रभात फेरी कार्यक्रम गरिएको छ । प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री माननिय हरि बहादुर चुमान समेत सहभागी… पुरा पढौ

पोखरामा झरी पर्न शुरु

पोखरामा पानी परेको छ । राति ३ बजेदेखि पानी पर्न शुरु भएको थियो । आज र भोलि पानी पर्ने मौषम विभागले जनाएको छ । पानी सामान्य रुपले परेको छ । पानी परेपछि चिसो बढेको छ । जसका कारण चहलपहल घटेको छ। पोखरा आसपासका डाडाहरू तुवाँलोले ढाकेकोछ । बिहान ८ बज्दा पोखरा निकै अँध्यारो भएकोछ । चिसो बतास समेत चलिरहेको छ । भिडियोमा पनि हेर्नुहोला https://www.youtube.com/watch?v=wux73u745us पुरा पढौ

दृष्टिविहीन मञ्जुलाई उज्वल सहकारीको छात्रवृत्ति

पोखराको न्यूरोडस्थित उज्वल बचत तथा ऋण सहकारी संस्थाले दृष्टिविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाको १२ औं स्थापना दिवसका अवसरमा सहकारीले मंगलबार छात्रवृत्ति प्रदान गरेको हो । पृथ्वीनारायण क्याम्पसमा अध्ययनरत दृष्टिविहीन मञ्जु अधिकारीलार्ई छात्रवृत्ति वापत १५ हजार रुपैयाँ नगद प्रदान गरिएको हो । सहकारीको कार्यालयमा एक कार्यक्रम आयोजना गरी सहकारीका अध्यक्ष योगराज पौडेलले विद्यार्थी अधिकारीलाई छात्रवृत्ति प्रदान गरे । विद्यार्थी अधिकारी जन्मदेखि नै पूर्णरुपमा दृष्टिबिहीन हुन् । निम्नवर्गीय परिवारमा… पुरा पढौ

मुख्यमन्त्री कप फुटबल माघको पहिलो हप्ता देखि

मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरी फुटबल प्रतियोगितामा ११ जिल्लाले सहभागिता जनाउने भएका छन् । माघको पहिलो सातादेखि शुरु हुने प्रतियोगतामा प्रदेशका ११ वटै जिल्लाले भाग लिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिएका छन् । लिग कम नक आउटका आधारमा सञ्चालनमा हुने प्रतियोगितामा जिल्लाका लिग बिजेता टोली होराइजन क्लब (श्याङ्ज), भिमाद युथ क्लब( तनहुँ) त्रिवेणी युवा क्लब (लमजुङ), बौद्ध हिमाल क्लब (गोरखा),आर्दश क्लब (कास्की),गैँडाकोट खेलकूद (नवलपुर), डाँफे युवा क्लब (मनाङ) सहित… पुरा पढौ

पोखरामा माइकिङ गर्न पाइन्छ ?

पोखरा बजारमा माइकिङमार्फत प्रचारप्रसार गर्नमा रोक लगाइएको धेरै भैसक्यो । ध्वनी प्रदुर्षण रोक्नका लागि पोखरा महानगरले यस्तो नियम लगाएको थियो । महानगरले रोक लगाएपछि ट्याक्सी तथा अन्य माध्ययमबाट माइकिङ गर्दै प्रचार प्रसार रोकिएको पनि थियो । तर यतिबेला फेरि ट्याक्सीमाथि माइक सेट गरेर प्रचारप्रचार गर्न थालिएको छ । पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको प्रचार यसैगरी भएको छ । केही दिनदेखि उक्त प्रचार दिनदिनै भएको छ… पुरा पढौ

सातापछि खुल्यो पोखरा, झलमल्ल घाम लाग्यो

करिब १ सातापछि पोखरामा झलमल्ल घाम लागेको छ । शनिबार दिनभर र आइतबार बिहान ९ बजेसम्म बाक्लो हुस्सु लागेको पोखरामा करिब १० बजेपछि झलमल्ल घाम लागेको छ । आइतबार बिहान पोखरामा शितलहर समेत परेको थियो । शितलहरले कडा चिसो समेत भएको थियो भने पोखराका सडकहरूमा पानी परेजस्तै भएको थियो । घाम लागेसंगै मानिसको चहलपहल बढेको छ । सर्वसाधारण घामको पार ताप्न सडकमा घरबाहिर निस्किएका छन् । घाम लागेसंगै पोखरा आसपासका… पुरा पढौ

फोटोग्राफर संघ गण्डकीमा दुर्गा

फोटोग्राफर संघ गण्डकीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल निर्वाचन भएका छन् । संघको प्रथम साधारणसभा तथा अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । संस्थाको उपाध्यक्षमा नारायण बहादुर केसी, सचिवमा तुलसीराम सुवेदी र कोषाध्यक्षमा नवीन राज पौडेल चयन भएका छन् । समितिको कार्यसमिति सदस्यहरूमा राममणि पौडेल, नारायण प्रसाद गौतम, बलभद्र श्रेष्ठ, सुरेस रेग्मी, विमल खनाल, दिपेन्द्र बस्याल चयन भए । अधिवेशनबाट जिल्ला संयोजकमा रविनाथ दाहाल (कास्की), किशोर अधिकारी (नवलपुर), मिलन शर्मा दनाई… पुरा पढौ

विन्ध्यवासिनी मन्दिरमा गोरखनाथ साधना शिविर हुने

पोखराको विन्ध्यवासिनी मन्दिरमा वृहत गोरखनाथ प्रत्यक्षीकरण साधना शिविर हुने भएको छ । शिविर माघ १ गते हुँदैछ । शिविरका लागि सवै तयारी पूरा भएको शिविर मूल आयोजक समितिका सदस्य सचिव सुदिपमोहन भट्टाईले जानकारी दिए । सद्गुरुदेव राहुलेश्वरानन्दको समुउपस्थितीमा पोखराका विभिन्न साधकहरूलाई दिउँसो २ वजेदेखि ६ वजेसम्म दीक्षा दिने तथा गोरखनाथ प्रत्यक्षीकरण साधना दिने कार्यक्रम रहेको उने जानकारी दिए । सोही दिन १२ वजेदेखि कलशयात्रा समेत गरिनेछ । उनको साधना शिविर… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं