स्याङ्जाको आँधीखोला गाउँपालिकाका युवा संगठित हुँदै छन् । युवाको गाउँपालिकाको विकासमा सबै क्षेत्रमा योगदान र अपनत्वका लागि संस्था गठन गर्न भेला हुने भएको छ ।
शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन लगायतका क्षेत्रमा काम गर्ने गरी संस्था बनाउन माघ ११ गते शनिबार भेला आयोजना गरिएको दर्पण पोख्रेलले जानकारी दिए । उनले आगामी शनिबार बिहान ११ बजे आँधीखोला ५ सेतीदोभानको आँधिखोला सामुदायिक अस्पतालमा भेला हुन पनि अनुरोध गरेका छन् ।
आँधीखोलाका ६ ओटै वार्डका युवालाई संगठित गरी राजनीतिक र व्यक्तिगत स्वार्थबाट माथि उठेर काम गर्न संस्था गठन गर्न लागिएको पोख्रेलले जानकारी दिए ।




