गण्डकी सेरोफेरो

राष्ट्रियसभा सदस्यमा नारायणकाजी विजयी

राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत गण्डकी प्रदेशमा नारायणकाजी श्रेष्ठ विजयी भएका छन् । बिहीबार भएको मतदानमा श्रेष्ठले ३४६२ मत ल्याउदै विजयी बनेका हुन्  ।  उनका प्रतिद्धन्द्धी काँग्रेसका सूर्यप्रसाद रेग्मीले २२४४ मत पाएका छन् । श्रेष्ठले १२१८ मतान्तरको पफरकमा जितेका हुन् । त्यस्तै गण्डकी प्रदेशको महिला तर्फपनि नेकपाकै भगवती न्यौपाने विजयी बनेकी छन् । उनले ३३६६ मत प्राप्त गरेकी छन् । काँग्रेसकी विमला गौचनले २३४० मत पाएकी छन् ।   पुरा पढौ

दिपक मनाङे बिरुद्ध उजुरी दिन्छु:एन्फा कास्की अध्यक्ष गुरुङ

मंगलबार गण्डकी प्रदेश सदस्य राजीव गुरुङ (दिपक मनाङे) बाट कुटिएका कास्की जिल्ला फुटबल संघका कास्कीका अध्यक्ष मिलन गुरुङले कानूनी उपचार खोज्ने बताएका छन् । लेखनाथको भण्डारढीकस्थित खेल मैदानमा आयोजित गण्डकी प्रदेश लिग मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उदघाटन समारोहमै सदस्य गुरुङले एन्फा कास्की अध्यक्ष गुरुङमाथि हातपात गरेका थिए । हातपात गरेको भोलिपल्टै बुधबार विहान सञ्चारकर्मीसँग कुरा गर्दै फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफुमाथि भएको हातपातको कानूनी उपचार खोज्ने स्पष्ट पारे… पुरा पढौ

ग्लोवल कलिजियटको रजत महोत्सव शुभारम्भ

पोखराको ग्लोवल कलिजियटले विविध कार्यक्रमका साथ आफ्नो २४ औं वार्षिकोत्सव मनाएको छ । मंगलबार आयोजित वार्षिकोत्सवकै अवसरमा रजत महोत्सव समेत शुभारम्भ गरेको छ । कार्यक्रममा गायक रामभक्त जोजिजू, बाल गायक उत्प्रेम जोजिजूका साथै विद्यार्थीहरूले संगीतिक तथा सांस्कृतिक प्रस्तुति राखेका थिए । उक्त अवसरमा विद्यालयमा १० वर्ष सेवा गरेका २१ शिक्षक, कर्मचारीका साथै उत्कृष्ट नतिजा हासिल गर्ने ४ विद्यार्थीलाई सम्मान गरिएको थियो । https://www.youtube.com/watch?v=n4EHe9_-xpc सम्मानित हुनेमा उपप्राचार्य वेदप्रसाद शर्मा, शिक्षकहरू वसन्ती… पुरा पढौ

युथ अफ आँधीखोला बनाउँदै युवा

स्याङ्जाको आँधीखोला गाउँपालिकाका युवा संगठित हुँदै छन् । युवाको गाउँपालिकाको विकासमा सबै क्षेत्रमा योगदान र अपनत्वका लागि संस्था गठन गर्न भेला हुने भएको छ । शिक्षा, स्वास्थ्य, रोजगार, सुशासन लगायतका क्षेत्रमा काम गर्ने गरी संस्था बनाउन माघ ११ गते शनिबार भेला आयोजना गरिएको दर्पण पोख्रेलले जानकारी दिए । उनले आगामी शनिबार बिहान ११ बजे आँधीखोला ५ सेतीदोभानको आँधिखोला सामुदायिक अस्पतालमा भेला हुन पनि अनुरोध गरेका छन् । आँधीखोलाका ६ ओटै… पुरा पढौ

५ वर्षकी बालिका बलात्कारीलाई साढे १२ वर्ष जेल

५ वर्षकी बालिकालाई जबरजस्ती करणी गर्नेलाई जिल्ला अदालत तनहुँले साढे १२ वर्ष जेल सजाय सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले गोरखाको पालुङटार नगरपालिका ५ का कृष्णकुमार विकलाई यो सजाय गरेको हो । गत असार १४ गते भानु नगरपालिका ३ तुरतेरकी ५ वर्षीया बालिकालाई विकले बलात्कार गरेका थिए । पीडितलाई १ लाख क्षतिपूर्तिसमेत दिलाउने फैसला भएको छ । पुरा पढौ

पोखराको मौषममा एक्कासी परिवर्तन, बन्यो डरलाग्दो

पोखराको मौषममा एक्कासी परिवर्तन आएको छ । केही अघि १ बजेसम्म झलमल्ल घाम लागेको पोखरामा दिउसो १ः३० बजे निकै डरलाग्दो भएको छ । चिसो बतास चलेको छ, भारी वर्षाको संकेत गरेको छ । पुरा पढौ

चार चिनियाँ नागरिक सम्पर्कविहीन

अन्नपूर्ण पदयात्रामा हिँडेका चार चिनियाँ नागरिक सम्पर्कविहीन भएका छन् ।  थोरङ भन्ज्याङ हुँदै मुस्ताङ निस्कने क्रममा उनीहरु हिमपातको कारण मनाङमा हराएको प्रहरीले जनाएको छ । ‘बिहीबारदेखि परेको हिमपातका कारण सम्पर्क बाहिर हुनुहुन्छ,’ गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) दीपक रेग्मीले भने, ‘मनाङ निस्याङ गाउँपालिका ९ स्थित अन्नपूर्ण संरक्षण क्षेत्र (क्याप) चेकपोस्टमा पुस २७ गते अनुमति लिएर जानु भएको थियो ।’ मनाङदेखि निस्केका उनीहरु थोरङ भन्ज्याङ भने नकटेको प्रहरीको अनुमान… पुरा पढौ

मुक्तिनाथ क्षेत्रमा भारी हिमपात

जोमसोम–मध्यमुस्ताङ क्षेत्रको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका देखि उत्तरी क्षेत्रको भु–भागमा बिहिबार राती देखि भारी हिमपात भईरहेको छ । हिमपातले अघिल्लो पटक परेको हिउँ ओभाउन नपाउदै थप हिउँ परेकाले कागबेनी–मुक्तिनाथ सडक अवरुद्ध भएको हो । हिमपात संगै सडक अवरुद्ध भएपछि मुक्तिनाथ जाने स्वदेशी तिर्थालुहरु कागबेनी देखि मुक्तिनाथ सम्म महङ्गो शुल्क तिरेर घोडामा यात्रा गर्न बाध्य भएका छन् । यसअघिको हिमपातले मुक्तिनाथ सडकमा हिउँ जमेपछि हलुका फोर ह्वील सवारी साधन मात्र मुक्तिनाथ जानसक्ने… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा चार कोरियाली र दुई नेपाली पथप्रदर्शक बेपत्ता

अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित छ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधारशिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये पाँचसहित एक नेपालीलाई जीवितै उद्धार गरिएको छ ।  उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उनले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने जानकारी दिए । अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण… पुरा पढौ

यस्तो छ पोखराको मौषम

पोखरामा रातिदेखि वर्षा रोकिएको छ । तर पुनः पानी पर्ने संकेत गरिरहेको छ । आज शनिबार बिहान निकै अँध्यारो भएको छ । चिसो कडा छ । पोखरा वरिपरि हुस्सु र कुहिरोले ढाकेको छ । आज साँझदेखि मौषममा सुधार हुने मौषम विभागले जनाएको छ । https://www.youtube.com/watch?v=wux73u745us&t=155s पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं