म्याग्दी र मुस्ताङको सीमावर्तीक्षेत्र मुस्ताङको थासाङ गाउँपालिका –४ घाँसामा पर्यटकका लागि रिफ्रेस सेन्टर स्थापना भएको छ । म्याग्दी हुदै लामो दुरीको यात्रा गर्दै मुस्ताङ आएका पर्यटक तथा तिर्थालुको सुविधालाई मध्यनजर गर्दै रिफ्रेस सेन्टर स्थापना गरिएको हो ।
‘रिफ्रेस’ सेन्टर संञ्चालनका लागि जिल्ला प्रहरी कार्यालय मुस्ताङ र अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्यापले संयुक्त पहल गरेका हुन् ।
घासामा प्रहरी चेकपोष्ट ,ट्राफिक निगरानी र एक्यापको एकै ठाउँमा संयुक्त चेकपोष्ट रहेकाले पर्यटकलाई रिफ्रेस गर्ने सुविधा उपलब्ध गराईएको एक्याप जोमसोमका कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए । उनले लामो दुरीमा थकित पर्यटकले रिफ्रेस सेन्टरमा बिश्राम गर्न सक्नेछन् भने त्यहा शौलालय ,शुद्ध पिउने पानीको व्यवस्था गरिएको बताए । उनका अनुसार रिफ्रेस सेन्टरमा पर्यटकले मुस्ताङका बारेमा बिभिन्न जानकारी तथा त्यहा खटिएका कर्मचारीबाट सल्लाह सुझाव लिन सकिने जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालयको घाँसा स्थित प्रहरी ईकाईले मुस्ताङ आउजाउ गर्ने पर्यटकलाई नियमित चेकजाच गर्ने गरेको छ । त्यहाँ ट्राफिक प्रहरीले मुस्ताङ भित्रिने सवारी साधनलाई चेकजाँच गर्ने गर्छ । एक्यापले मुस्ताङ भित्रिने र बाहिरिने पर्यटकको तथ्याङ्क संकलन गर्दै आईरहेको छ । यसअघि एक्याप र प्रहरीको कार्यालय अलग ÷अलग रहदा पर्यटकलाई सास्ती परेको थियो । एकै ठाउँमा सबै काम र सुविधा उपलब्ध भएपछि पर्यटकलाई सहज भएको एक्याप प्रमुख दाहालको भनाई छ ।




