पोखरामा भारी वर्षा भइरहेको छ । पोखराको मौषम निकै डरलाग्दो छ । साँझ ६ बजे नै पूर्ण अन्धकार भएको छ । सवारी साधन चलाउनेहरूलाई हेडलाइट बालेर हिंडडुल गर्न पनि समस्या भएको छ ।
छिनछिनमा विजुली चम्किएको छ । मेघ गर्जिएको छ । बाहिरी मौषम अन्धकार भएपछि ५ बजे नै सबै घरमा बत्ति बाल्नुपर्ने अवस्था सृजना भएको छ ।
केही अघि सिमसिम पानी परे पनि अहिले ठूला ठूला थोपाको पानी परेको छ । यसले पोखरा आसपासमा पनि भारी वर्षा भएको संकेत गरेको छ । मौषमको अवस्था हेर्दा पोखरामा भारी वर्षा हुने संकेत गरेको छ ।




