मुक्तिनाथका पर्यटन व्यवसायी सुरज गुरुङ दोश्रो पटक मुक्तिक्षेत्रमा स्की प्रतियोगीता संञ्चालन गर्न जुटेका छन् । उनकै अथक पहलमा नेपाल स्की संघले यहाँ दोश्रो पटक तेश्रो राष्ट्रिय स्की प्रतियोगीता गर्ने भएको हो ।
नेपालमा स्की खेलको संम्भावना र यसको बिकास गर्न स्की संघ लागि परेको हो भने पर्यटन व्यसायी गुरुङ मुस्ताङको बेमौसमी पर्यटन प्रर्वद्धन गर्न लागि परेका हुन् । संघले यहा दिर्घकालिन रुपमा बर्सेनी केही महिना स्की आयोजना गर्न सकिने संम्भावना देखेको छ । हिउँ पर्ने याममा पूर्वाधार निर्माण गर्न सके मुस्ताङमा हिउँ पर्यटक भित्र्याउन सक्ने स्की संघ उद्देश्य हो । संघले राष्ट्रिय स्तरको तेश्रो स्की गर्न लागेको जनाएको छ ।
हिउँको चाँङसगै चिप्लेटी खेल्दै लुकामारी गर्ने साहशिक खेलको नाम हो स्की हो । समुन्द्री सतह देखि करिव ४ हजार मिटरको अग्लो उचाईमा हिउँमाथि स्की खेल्ने गरिन्छ । हाईअल्टिच्यड शाहसिक स्की खेल्न उपयुक्त स्थान मुस्ताङ भएकाले संघले यसपटक पनि पुनः दोहो¥याएर प्रतियोगीता गर्न खोजेको संघका महासचिव बिजय श्रेष्ठले जानकारी दिए । यसअघि संघले रसुवा जिल्लाको लाङटाङ स्थित क्यानजेनक्षेत्रमा पहिलो स्की च्याम्पियनशीप संम्पन्न गरेको थियो भने गतबर्ष मुस्ताङको मुक्तिनाथक्षेत्रमा दोश्रो राष्ट्रिय स्की च्याम्पियनशीप गरेको संघका सचिव श्रेष्ठले उल्लेख गरे ।
उनले मुस्ताङ जिल्ला अरु जिल्ला भन्दा भौगोलिक दृष्ट्रिकोणले बाटोघाटोको सहजता ,यातायात ,होटल र स्की खेल्न चाहिने सबै प्रकारको यथेस्ट पूर्वाधार भएकाले च्याम्पियनशीपका लागि मुस्ताङ छनौट गरिएको महासचिव श्रेष्ठले खुलाए ।
संघले यसपटक नेपाल भ्रमण बर्ष सुरुआत भईसकेकाले यसलाई सफल पार्न यसपटक भब्य र सम्भ रुपमा प्रतियोगीता गर्ने तैयारी संघले गरेको हो । भारी हिमपात भएको क्षेत्रमा प्रसस्त अक्सिजन उपलब्ध हुने भएकाले स्की खेल्न सेताम्मे हिउँ वातावरणीय अनुकुल भएको संघको ठम्याई छ । संघले हिमाली जिल्लामा हिउँ पर्यटन प्रर्वद्धन गर्न यसप्रकारको प्रतियोगीता गर्दै आईरहेको छ । नेपालमा हिउँ पर्यटनको संम्भावना बलियो बनाउने सन्देशसहित संघले तेश्रो राष्ट्रिय स्की च्याम्पियनशीप गर्न खोजेको महासचिव श्रेष्ठको भनाई छ । महासचिव श्रेष्ठले मुस्ताङ जिल्ला पर्यटकीय दृष्ट्रिले नाम चलेको भर्जिन जिल्ला भएकाले भावी दिनमा यहा स्की रिसोर्ट स्थापना गर्नसके पर्यटनक्षेत्रमै छलाङ मार्ने दावी गरे ।
यसपटक स्की च्याम्पियनशीपका लागि मुख्य अतिथीका रुपमा पर्यटन मन्त्री योगेश भट्टराई र प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङसंग कुराकानी भईरहेकाले यी दुई मध्ये एक मुख्य अतिथी बनाउने संघको तैयारी भएको संघले जनाएको छ । संघले बिशुद्ध पर्यटन प्रर्वद्धनको लक्ष्यसहित कार्यक्रम गर्न लागेकाले यसका बिजेतालाई आर्थिक धनराशी नभई प्रमाणपत्र ,मेडल लगायतले पुरस्कृत र सम्मान गर्नेछ ।
मुस्ताङमा स्की च्याम्पियनशीप आयोजना गर्न संघको टोली आउँदो बिहिबार काठमान्डौंबाट मुस्ताङ प्रस्थान गर्दैछ । संघले प्रतियोगीहरुलाई यही माघ १८ र १९ गते दुई दिन मुक्तिक्षेत्रमा स्की प्रशिक्षण गराउने र २० गते अन्तिम च्याम्पियनशीप गर्ने संघले तैयारी थालेको हो । त्यसो त संघले यसका लागि प्रारम्भिक चरणको अभ्यास पुरा गराईसकेको छ । स्कीका लागि पुरै खर्च व्यवस्थापन र स्की ईकुमेन्टहरु संघकै रहने छ भने यसकोे समन्वयकर्तामा मुक्तिनाथको होटल ग्रायण्ड समला ,वारागुङ मुक्तिक्षेत्र गाउपालिका र संघ तथा प्रदेश सभासदले गर्ने संघले जनाएको छ ।
गत बर्ष मुस्ताङको मुक्तिनाथमा भएको दोश्रो स्की च्याम्पियनशीपमा करिव २५ खेलाडीले भाग लिएका थिए भने यसपटक ४० भन्दा बढी खेलाडीले सहभागीता जनाउने संघको बिश्वास छ । महासचिव श्रेष्ठले यसपटक स्नो बोडिङ एशोसियनले कालिञ्चोकमा आयोजना गरेको स्कीका ६ जना च्याम्पियनले भाग लिने तय भईसकेको बताए । उनका अनुसार स्की च्याम्पियनशीपमा ३ बिधा समावेश हुनेछन् ।जसमा स्नो बोडिङ स्की ,अल्पाईन स्की र क्रस कन्ट्री स्की आयोजना हुदैछन् ।
हिउँले भरिएको भिरालो थुम्कोबाट तलतल झर्नेलाई अल्पाईन स्की ,हिउँको थुम्कोबाट उकालो र ओरालो झर्ने खेललाई क्रस कन्ट्री स्की भनिन्छ ।
यस्तै , कालोपत्रे सडकमा पनि खेलिने स्नो बोडिङ हिउँमाथि पनि खेल्न सकिने भएकाले स्नो बोडिङ स्की भनिएको हो । यो चारपाङ्ग्रे एक्सबोर्डको सहायताले खेल्न सकिन्छ । यसमध्ये सबैभन्दा जोखिम खेल हो क्रस कन्ट्री । यो खेल अलि बलिया र फुर्तिला खेलाडीले मात्र खेल्न सक्छन् । स्कीका लागि चाहिने ईकुमेन्ट महङ्गो पर्दछ । संघले यी ईकुमेन्ट बिदेशी देशको सहयोग र आफ्नै आर्थिक लगानीले जोहो गरेको संघले जानकारी दिएको छ । स्की प्लेट ,लठ्ठी ,पञ्जा ,हेलिमेट र चश्मा लगायतका मेट्रियल स्कीका लागि आवश्यक पर्ने गर्छ ।
स्की समन्वयकर्ता होटल गाण्ड साम्वाला होटलका संञ्चालक सुरज गुरुङले मुस्ताङको पर्यटक विकासका लागि स्की च्याम्पियन महत्वपूर्ण भएको बताए । बेमौसमको समयमा व्यवसायीलाई राहत पु¥याउन स्कीको माध्यमबाट हिउ पर्यटन आर्कर्षित हुने आशा छ ।
फोटो क्याप्सन ः
गत बर्ष नेपाल स्की संघले मुस्ताङको मुक्तिक्षेत्रमा आयोजना गरेको दोश्रो राष्ट्रिय स्की च्याम्पियनशीपका सहभागीहरु । तस्विर ःसुर्य तिमिल्सिना ।




