पोखरामा छिनभरमै मौषम परिवर्तन, मेघ गर्जनसहित वर्षा शुरु

पोखरामा आज बुधबार मेघ गर्जनसहित पानी पर्न शुरु भएको छ । केही अघि ४ बजेसम्म चर्को घाम लागेको पोखरामा ५ बजे मेघ गर्जनसहित पानी पर्न शुरु भएको छ ।

पानी स्तिारै परिरहेको छ । वातावरण निकै अँध्यारो भएको छ । मौषम विभागले बुधबार बिहान मुलुकको पश्चिम क्षेत्रमा भारी वर्षा र हिमाली क्षेत्रमा हिमपात हुने जनाएको थियो ।

पोखराको बजार क्षेत्र र सराङकोट आसपासमा पानी परेको छ । पस्र्याङ क्षेत्रमा पानी परिरहे पनि लेकसाइड क्षेत्रमा पानी नपरेको बताइएको छ ।