कुर्लुङ्गखोला खानेपानी तथा सरसफाई आयोजना पोखरा ३१ पचभैयामा आगामी तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ ।
नरनारायण थापाको अध्यक्षतामा ९ सदस्यीय समिति शनिवार गठन भएको हो । समितिको उपाध्यक्षमा दयासागर अधिकारी , सचिव निमा थापा मगर , कोषाध्यक्ष बिन्दु परीयार रहेका छन् । त्यस्तै सदस्यहरुमा तारामणि घिमिरे , रमेश न्यौपाने, दिपक अधिकारी, चिनबहादुर मिजार, सन्तोष गुरुङ्ग र कृष्णबन्धु खनाल चयन भएका हुन् ।
निर्वाचित नयाँ कार्यसमितिलाई निर्वाचन समितिका संयोजक द्रोणराज अधिकारीले एक कार्यक्रमका बिच सपथ तथा गोपनियताको प्रमाणपत्र प्रदान गरेका थिए । सपथ कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष थापाले आयोजना क्षेत्रका बासीन्दालाई खानेपानीको निरन्तर उपलब्धतामा आफ्नो ध्यान केन्द्रित गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा पोखरा महानगरपालिकाका कानुनी अधिकृत राममणी अधिकारी, नेकपा वडा ३१ अध्यक्ष गणेशबहादुर थापा , नेपाली कांग्रेसका वडा शभापति धु्रवराज अधिकारी, स्थानीय समाजसेवी दामोदरभक्त थापा , आयोजनाका व्यवस्थापक हरीप्रसाद घिमिरे लगायतले नयाँ कार्यसमितिलाई शुभकामना ब्यक्त गरेका थिए ।




