गण्डकी सेरोफेरो

लेखनाथमा जिपको ठक्करबाट बालिकाको मुत्यु

पोखराको लेखनाथमा जीपको ठक्करले एक बालिकाको मृत्यु भएको छ । पोखरा–२६, कालिका चोकमा ग२च २७१८ नम्बरको जीपले ठक्कर दिँदा तनहूँ घर भई कालिकाचोक बस्ने २ वर्षीय प्रिन्सेस विकको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते विकको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले जीप र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।-फाइल तस्वीर पुरा पढौ

तनहुँमा ट्रकले किचेर १० वर्षीया बालिकाको मृत्यु

तनहूँमा ट्रकले किचेर १ बालिकाको ज्यान गएको छ । पृथ्वीराजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका नयाँपुलमा डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ट्रकले किचेर सडक छेउ हिँड्दै गरेकी गोरखा पालुङटारकी १० वर्षीया सुरता परियारको मृत्यु भएको छ ।  उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए ।  ट्रकको ठक्करबाट १३ वर्षीय सुमित परियार घाइते भएको र उनको भरतपुरमा उपचार भइरहेको छ ।  मृतक… पुरा पढौ

राप्रपाद्वारा विदा माग

राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पृथ्वी जयन्तीको दिन पुस २७ गते सार्वजनिक बिदाको माग गर्दै शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापन पत्र बुझाएको छ । ज्ञापनपत्रमा नेपाललाई ४ जात ३६ वर्णको साझा फूलबारी र मालाको संज्ञा दिएर एकीकरणको महाअभियान चालेका राष्ट्रनिर्मातालाई बिर्सन खोज्नुले देश जर्जर अवस्थामा पुगेको हो कि भन्ने आम नेपालीले महसूस गरेको उल्लेख गरिएको छ । देशमा एकता कायम गर्नको लागि भए पनि पुस २७ गते पृथ्वी जयन्तीका… पुरा पढौ

पोखरा २८ मा मेलमिलाप केन्द्र

पोखरा महागनरपालिका वडा नं. २८ मा मेलमिलाप केन्द्र स्थापना भएको छ । पोखरा महानगरपालिका न्यायिक समितिले वडा तहका विवाद वडामै समाधान गर्ने उद्देश्यले केन्द्र स्थापना गरेको हो । पोखरा महानगरपालिकाकी कार्यबाहक प्रमुख एवं न्यायिक समितिका संयोजक मञ्जुदेवी गुरुङले शुक्रबार केन्द्रको उद्घाटन गरिन् । कार्यक्रममा उपप्रमुख गुरुङले स्थानीय तहमै विवाद समाधान गर्दा पैसा र समयको बचत हुने भन्दैै विवाद समाधानको उत्तम विकल्प मेलमिलाप भएको बताइन् । सामान्य विवादमा सिधैं अदालत पुग्दा… पुरा पढौ

पोखरा आउँदै गरेको बस तनहूँमा दुर्घटना, २ को मृत्यु, १६ जना घाइते

पाल्पाको रामपुरबाट पोखरातर्फ आउँदै गरेको यात्रुवाहक बस शुक्रबार दिउँसो तनहुँमा दुर्घटना भएको छ । तनहूँको घिरिङ गाउँपालिका–३, मानपुर नजिक दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । दुर्घटनामा १६ जना घाइते भएको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ । ग १ ख ६१७५ नम्बरको बस दुर्घटना भएको छ । दुर्घटनामा तनहुँकै घिरिङ–१ बैंडीकी २० वर्षीया मीना थापा र घिरिङ–३ की ननीमाया गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय भिमादका प्रहरी नायब… पुरा पढौ

विन्दवासिनी सहकारीको अध्यक्षमा सुवर्णमान चयन

विन्दवासीनी वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सुवर्णमान नकर्मी चयन भएका छन् । पोखरा महानगरपालिका वडा नं.९ दरबारथोक, नयाँवजारमा रहेको विन्दवासीनी वचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिका साधारण सभा तथा तेश्रो अधिवेशनले शनिबार ४ वर्षे कार्यकालको लागि नकर्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा पार्वती वराल, सचिवमा गंगाधर सुवेदी, कोषाध्यक्षमा विपना मल्ल, सहसचिवमा ख्यामनाथ अधिकारी र सदस्यहरुमा केशबबहादुर भण्डारी, कृष्णमान श्रेष्ठ, विनोदकुमार थकाली, अञ्जु अधिकारी… पुरा पढौ

१० करोड कारोबार गर्दै सकियो बागलुङ महोत्सव

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा चलेको छैठौ बागलुङ महोत्सव सोमबार सकिएको छ । प्रत्येक २ वर्षमा सञ्चालन हुदै आएको बागलुङ महोत्सव यस वर्ष पौष ११ देखि २१ गतेसम्म भएको थियो । बागलुङको कला, संस्कृति, पर्यटन र व्यापार व्यवसायलाई प्रवद्धर्न गर्नको लागि आयोजना गरिएको महोत्सवमा दश करोड बढीको कारोबार भएको संघले जनाएको छ । ‘महोत्सवभित्र १० करोड भन्दा बढीको कारोबार भएको छ,’ संघका महासचिव नरेश कँडेलले भने, ‘महोत्सवबाट कति मुनाफा भयो… पुरा पढौ

कोमागाने शहरका विद्यार्थीलाई स्वागत

पोखरा भ्रमणमा आएको जापानको कोमागाने शहरका विद्यार्थीको टोलीलाई पोखरामा स्वागत गरिएको छ । कोमागाने शहरको एजुकेशन बोर्डका अध्यक्षको नेतृत्वमा आएको टोलीलाई पोखरा महानगरपालिकाका कार्यबाहक प्रमुख मञ्जुदेवी गुरुङले महागनरमा स्वागत गरेकी हुन् । टोलीमा १० जना विद्यार्थी र शिक्षकहरु रहेका छन् । महानगरकी कार्यबाहक प्रमुख गुरुङले पोखराका प्राकृतिक स्थलको चित्र मायाको चिनोको रुपमा प्रदान गरिन् । उपमेयर गुरुङले २ सहरका विद्यार्थीको भ्रमणले कोमागाने सहरसंगको सम्बन्धलाई थप मजबुद बनाएको बताइन् । उनले… पुरा पढौ

टीका र सञ्जीवको युगल साँझ पोखरामा हुँदै

पछिल्लो समय चर्चामा रहेकी गायिका टीका प्रसाईँ र गायक सञ्जीव पराजुलीको युगल साँझ हुने भएको छ । बाबा एजुकेशन कन्सल्टेन्सीको मुख्य प्रायोजनमा आगामी माघ ४ गते पोखरा उद्योग वाणिज्य सङ्घको सभा हलमा युगल साँझ आयोजना हुन लागेको हो । सञ्जीव र टीका युवा पुस्ताका स्थापित कलाकार हुन् । उनीहरुको गायन जोडीलाई पोखरामा युगल रुपमा प्रस्तुत गर्नका लागि अनुपम म्युजिक पोखराका प्रबन्ध निर्देशक अनुराग अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको छ । अनुपम… पुरा पढौ

पोखराको रञ्जित गाउँमा माघेसक्रान्ति मेलाको तयारी

पोखरा महानगरपालिका १६ स्थित रञ्जित गाउँमा माघे सक्रान्ति मेलाको तयारी तिब्र पारिएको छ । विगत ६२ बर्षदेखि आयोजना गरिँदै आएको मााघे सँक्रान्ति मेला मार्फत गाउँमा पर्यटन प्रवद्र्धन गर्ने योजना रहेको स्थानीय नौ धारे सिद्धबराह युवा क्बलका अध्यक्ष शम्सेर बहादुर गुरुङले बताए । वि सं २०१३ सालमा छेलो हान्ने प्रतियोगिताबाट शुरु भएको माघे सँक्रान्ति मेलामा यसपटक भलिबल प्रतियोगिता, साँस्कृतिक कार्यक्रम, छेलो, रसी तान्ने लगायतका प्रतियोगिताहरु आयोजना गरिने भएको छ । पोखरामा… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं