सातापछि खुल्यो पोखरा, झलमल्ल घाम लाग्यो


करिब १ सातापछि पोखरामा झलमल्ल घाम लागेको छ । शनिबार दिनभर र आइतबार बिहान ९ बजेसम्म बाक्लो हुस्सु लागेको पोखरामा करिब १० बजेपछि झलमल्ल घाम लागेको छ ।

आइतबार बिहान पोखरामा शितलहर समेत परेको थियो । शितलहरले कडा चिसो समेत भएको थियो भने पोखराका सडकहरूमा पानी परेजस्तै भएको थियो ।

घाम लागेसंगै मानिसको चहलपहल बढेको छ । सर्वसाधारण घामको पार ताप्न सडकमा घरबाहिर निस्किएका छन् । घाम लागेसंगै पोखरा आसपासका डाँडाहरू पनि खुलेका छन् ।

आइतबार दिनभर देशका पहाडी भूभागहरुमा मौसम सामान्यतया सफा हुने महाशाखाले जानकारी दिएको छ । यसैगरी, तराईका भूभागहरुमा हुस्सुको सम्भावना रहेको जनाइएको छ ।

आइतबार राति भने देशभरको मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख गरिएको छ । 


हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । संसारमा आविष्कार भएका नयाँ प्रविधि, विश्वका घटना क्रमदेखि नेपाली पुगेका ठाउँका गतिविधि पनि हाम्रा सरोकारका विषय हुन् । नेपालदुत मिडिया प्रालि पोखराबाट सञ्चालित यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य…
पूरा पढाैं