पोखरा बजारमा माइकिङमार्फत प्रचारप्रसार गर्नमा रोक लगाइएको धेरै भैसक्यो । ध्वनी प्रदुर्षण रोक्नका लागि पोखरा महानगरले यस्तो नियम लगाएको थियो ।
महानगरले रोक लगाएपछि ट्याक्सी तथा अन्य माध्ययमबाट माइकिङ गर्दै प्रचार प्रसार रोकिएको पनि थियो । तर यतिबेला फेरि ट्याक्सीमाथि माइक सेट गरेर प्रचारप्रचार गर्न थालिएको छ ।
पोखरा उद्योग वाणिज्य संघले आयोजना गरेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको प्रचार यसैगरी भएको छ ।
केही दिनदेखि उक्त प्रचार दिनदिनै भएको छ । बजारमा मुख्यचोक तथा गल्लीहरुमा पनि यसरी माइकिङ गरिएको छ ।
महानगरले रोक लगाएपछि पनि किन माइकिङ भइरहेको छ त ? भन्ने प्रश्न पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीलाई गर्दा महानगरसंग अनुमती लिएर माइकिङ गर्न पाउने बताए ।
उनले महानगरसंग अनुमति लिएर माइकिङ गर्न पाइने बताए । ‘पोखरा उद्योग वाणिज्य संघले अनुमति लिएरै माइकिङ गरेको हो’, उनले भने ।
‘त्यसो भए महानगरमा गएर अनुमति लिंदैमा जे पनि गर्न पाइने हो ?’, पोखरा–५, पर्स्याङका नागरिकको प्रश्न छ ।




