५ वर्षकी बालिका बलात्कारीलाई साढे १२ वर्ष जेल

५ वर्षकी बालिकालाई जबरजस्ती करणी गर्नेलाई जिल्ला अदालत तनहुँले साढे १२ वर्ष जेल सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुंगेलको इजलासले गोरखाको पालुङटार नगरपालिका ५ का कृष्णकुमार विकलाई यो सजाय गरेको हो ।

गत असार १४ गते भानु नगरपालिका ३ तुरतेरकी ५ वर्षीया बालिकालाई विकले बलात्कार गरेका थिए । पीडितलाई १ लाख क्षतिपूर्तिसमेत दिलाउने फैसला भएको छ ।