पोखराको मौषम : कडा चिसो, कुहिरोले डम्मै

पोखरामा आज शुक्रबार निकै चिसो बढेको छ । बिहानैदेखि पोखरा अँध्यारो भएको छ । पानी पर्ने संकेत गरिरहेको छ । कडा चिसो बतास चलिरहेको छ । पोखरा आसपासका डाँडाहरूमा कुहिरोले डम्म भएको छ ।