आँधीखोलाका युवा संगठित, अध्यक्षमा हरि ढकाल

आँधीखोला गाँउपालिकाका युवाको भेलाले हरि ढकालको अध्यक्षतामा आँधीखोला युथ क्लब गठन गरेको छ ।

भेलाले सर्वसम्मत ३३ सदस्यीय तदर्थसमिति बनाएको हो। समितिमा उपाध्यक्ष क्रमश पवनकाजी अधिकारी, दिपेन्द्र खड्का, महिला उपाध्यक्ष सारदा शर्मा, कोषाध्यक्षमा लीलाधर लामिछाने, सचिव लक्ष्मीप्रसाद ढकाल र सहसचिव भीमप्रसाद पौडेल छन् ।

संस्थाका सदस्यमा दीपेन्द्र पौडेल, शिवकुमार सुवेदी, सन्तोष सापकोटा, सृजना पौडेल, रबिन पौडेल, शिव पौडेल, पुरुषोत्तम पौडेल, मदन पौडेल, समुन्द्र कार्की, दीपक नेपाली, अमृत गुरुङ, शोभाकान्त ढकाल, गणेश पोख्रेल, सुरेश पौडेल, विष्णुप्रसाद ढकाल, जीवन ढकाल, ढाकाराम ढकाल, अशोक पौडेल, अनिल ढकाल, मनोज लामिछाने, अन्तिम क्षेत्री, बिनयराज महत, दिलीप सापकोटा, सन्तोष सेन्चुरी, सन्देश बोगटी र केशवराज ढकाल छन्।

भेलामा आँधीखोला गाउँपालिकाका युवाको उल्लेखनीय उपस्थिति थियो। शनिबारै नवनिर्वाचित समितिले रकम संकलन गरी आँधीखोला ५ का दृष्टिविहीन पदमबहादुर विक, आँधीखोला ६ ढाढीखेत बस्ने रामकुमार बिक, आँधीखोला ६ फापरथुमका शारिरिक अशक्त धनबहादुर बस्नेतलाई उनीहरुकै घर पुगेर खाद्यान्न, फलफुल लगायतका सामग्री हस्तान्तरण गरेको दर्पण पोख्रेलले जानकारी दिए।

यस संस्थाले राजनितीबाट माथि उठेर शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन लगायतका क्षेत्रमा काम गर्ने उद्देश्य राखेको छ । सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी सर्वसम्मत समिति गठन भएको हुँदा यसले सकारात्मक उर्जा दिएको अध्यक्ष हरि ढकालले बताए।