ताजा समाचार

पौष २७ गते २०७६

विन्ध्यवासिनी मन्दिरमा गोरखनाथ साधना शिविर हुने

पोखराको विन्ध्यवासिनी मन्दिरमा वृहत गोरखनाथ प्रत्यक्षीकरण साधना शिविर हुने भएको छ । शिविर माघ १ गते हुँदैछ । शिविरका लागि सवै तयारी पूरा भएको शिविर मूल आयोजक समितिका सदस्य सचिव सुदिपमोहन भट्टाईले जानकारी दिए ।

सद्गुरुदेव राहुलेश्वरानन्दको समुउपस्थितीमा पोखराका विभिन्न साधकहरूलाई दिउँसो २ वजेदेखि ६ वजेसम्म दीक्षा दिने तथा गोरखनाथ प्रत्यक्षीकरण साधना दिने कार्यक्रम रहेको उने जानकारी दिए । सोही दिन १२ वजेदेखि कलशयात्रा समेत गरिनेछ ।

उनको साधना शिविर पोखरामा पहिलोपल्ट आयोजना गरिएको मूल आयोजक समितिका संयोजक महादेव गुरुङ्गले बताए ।

यस खालको साधनाको माध्यमवाट मानिसहरूमा अध्यात्मिक मार्ग खुल्ने, साधना सिद्धि प्राप्त हुने तथा व्यभिचारी कर्मबाट टाढा रहने विश्वास पनि लिएको गुरुङ्गले दावी गरे ।

समाजमा मानिसहरुको व्यभिचारी प्रवृत्ति वढेको छ, अविश्वास वढेको छ, यस खालका अध्यात्मिक साधनाबाट मानिसलाई सत्मार्गमा हिंडाउन सघाउने उनले विश्वास व्यक्त गरे ।

सद्गुरु राहुलेश्वरानन्दले नेपाल बाहेक भारत, पाकिस्तान, अफगानिस्तान लगायतका देशहरुमा साधाना गराउँदै आएका छन् ।