ताजा समाचार

पौष २७ गते २०७६

फोटोग्राफर संघ गण्डकीमा दुर्गा

फोटोग्राफर संघ गण्डकीको अध्यक्षमा दुर्गाप्रसाद पौडेल निर्वाचन भएका छन् । संघको प्रथम साधारणसभा तथा अधिवेशनबाट उनी अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

संस्थाको उपाध्यक्षमा नारायण बहादुर केसी, सचिवमा तुलसीराम सुवेदी र कोषाध्यक्षमा नवीन राज पौडेल चयन भएका छन् ।

समितिको कार्यसमिति सदस्यहरूमा राममणि पौडेल, नारायण प्रसाद गौतम, बलभद्र श्रेष्ठ, सुरेस रेग्मी, विमल खनाल, दिपेन्द्र बस्याल चयन भए ।

अधिवेशनबाट जिल्ला संयोजकमा रविनाथ दाहाल (कास्की), किशोर अधिकारी (नवलपुर), मिलन शर्मा दनाई (लम्जुङ), गौरीशंकर चौधरी (म्यादी) बाट चयन भएका छन् ।