विन्दवासीनी वचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सुवर्णमान नकर्मी चयन भएका छन् ।
पोखरा महानगरपालिका वडा नं.९ दरबारथोक, नयाँवजारमा रहेको विन्दवासीनी वचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिका साधारण सभा तथा तेश्रो अधिवेशनले शनिबार ४ वर्षे कार्यकालको लागि नकर्मीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।
समितिको उपाध्यक्षमा पार्वती वराल, सचिवमा गंगाधर सुवेदी, कोषाध्यक्षमा विपना मल्ल, सहसचिवमा ख्यामनाथ अधिकारी र सदस्यहरुमा केशबबहादुर भण्डारी, कृष्णमान श्रेष्ठ, विनोदकुमार थकाली, अञ्जु अधिकारी सर्वसम्मत चयन भएका छन्।
त्यसै गरी सन्तोषकुमार रानाभाटको संयोजकत्वमा सदस्यहरु रामचन्द्र पौडेल र वलभद्र नकर्मी रहेको लेखा समिति चयन गरेको छ।
साधारण सभाको प्रमुख अतिथि गण्डकी प्रदेश सांसद मीना गुरुङले उद्घाटन गरेकी थिईन। सल्लाहकार केशवराज भण्डारी, गजेन्द्रमान भारी र शेयर सदस्यहरुको तर्फबाट नीरा श्रेष्ठलगाएतले वोलेका थिए।
सो अवसरमा जेष्ठ शेयर सदस्य दरीकुमारी गुरुङ, उत्कृष्ट कारोवार कर्ता सन्तोषमान माकाजु, उत्कृष्ट कर्मचारी देवुकुमारी क्षेत्री कार्कीलाई दोसल्ला तथा सम्मानपत्र द्धारा सम्मान गरीएको थियो ।




