पोखरामा पानी पर्न शुरु, चिसो कडा

पोखरामा पानी पर्न शुरु भएको छ । आज शुक्रबार बिहान ८ः३० बजेबाट पानी पर्न शुरु भएको हो।

यो संगै कडा चिसोका कारण जनजीवन प्रभावित भएको छ । आज शुक्रबार र भोलि शनिबार पानी पानी पर्ने मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार हिमाली भेगमा हिमपात समेत हुनेछ । बिहीबार पोखराको केही स्थानमा पानी परेको थियो । साथै बिहीबार राति करिब १० बजे ३.८ रेक्टर स्केलको भूकम्प समेत गएको थियो ।