पोखरा झलमल्ल, कस्तो होला आजको मौसम ?

पोखरा यतित्रेला घमाइलो भएको छ । बिहानै देखि मौसम खुलेको छ । झलमल्ल घाम लागेको छ । पोखरा आसपासका डाँडा र हिमालहरू निकै सफा देखिन्छन् । पोखराबाट देखिने आकाश पनि सफा छ ।

कडा चिसोका कारण शुक्रबार र शनिबार कष्टकर बनेको जनजीवन आइतबार बिहानैदेखि घाम लागेपछि सहज बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार शनिबारसम्म मौसम बदलीसँगै वर्षा गराइरहेको मौसमी प्रणाली आइतबार कमजोर हुँदै गएको छ ।

हाल देशका पहाडी र उच्च हिमाली क्षेत्रहरुमा आंशिक बदली भए पनि बाँकी क्षेत्रहरुमा भने मौसम रहेको छ ।

दिनभरी देशको उच्च पहाडी तथा हिमाली भू–भागहरुमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा हुनेछ । भने राति देशको उच्च पहाडी तथा हिमाली भूभागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा भने मौसम सफा रहनेछ ।