आज सार्वजनिक बिदा (सरकारको सूचनासहित)

गण्डकी प्रदेश सरकारले तमु ल्होसारको दिन आज सार्वजनिक विदा दिने भएको छ । गत बुधबार बसेको मन्त्रीपरिषद बैठकले तमु ल्होसारको दिन आज पुष १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गत शुक्रबार प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले मन्त्रीपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिए । २४ लाख जनसंख्या रहेको गण्डकी प्रदेशमा ८.४ प्रतिशत गुरुङ छन् ।

सरकारले गुरुङ समुदायको ठूलो पर्व तमु ल्होसारमा दिइँदै आएको बिदा कटौती गरेको भन्दै सो समुदायले बिदा दिन माग गर्दै आएका थिए ।

तमु ल्होसारको दिन गण्डकी प्रदेशका ११ वटै जिल्लाका सरकारी कार्यालय, शैक्षिक संस्था बन्द रहने बताइएको छ ।

Image may contain: text
2.7KSHARES