संघ र प्रदेशको गतिविधिबारे जानकारी दिदै नागरिक संवाद केन्द्र

नागरिक संवाद केन्द्र गण्डकी प्रदेशले सदाकोझै हरेक महिनाको अन्तिममा आयोजना हुने संघ र प्रदेशको गतिविधिहरुलाई आज सोमबार विभिन्न सरोकार निकायहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ।

सो कार्यक्रममा संघको जानकारी नागरिक संवाद केन्द्र गण्डकी प्रदेशका प्रमुख अधिवक्ता जुना कुमारी गुरुङ राखेकी थिइन् भने गण्डकी प्रदेशको गतिविधिबारे जानकारी प्रदेश सभा सचिवालयका उपसचिव राजेन्द्र न्यौपानेले राखेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशमा क्रियाशील विभिन्न राजनैतिक दल, युवा संस्थाका प्रतिनिधिहरु, संचारकर्मी, महिला अधिकारकर्मी, तेस्रो लिङ्गी, आदिवासी जनजाति संस्थाका प्रतिनिधिहरु र मुस्लिम समुदायका प्रतिनिधिहरु सहभागि थिए ।

अधिकृत रोशन गुरुङको संचालनमा सम्पन्न भएको कार्यक्रममा १५ जनाको सहभागिता रहेको थियो ।