पिउने पानीमा कोलिफर्म भेटिएपछि स्याङ्जाका १ पानी उद्योग सञ्चालक पक्राउ परेका छन् । दिसामा हुने कोलिफर्म खानेपानीमा भेटिएपछि युकी पानीका सञ्चालक देवेन्द्र श्रेष्ठलाई प्रहरीले शुक्रबार पक्रेको हो ।
स्याङ्जाको पुतलीबजार २ मा रहेको डिकेएस मिनिरल वाटर उद्योग प्रालिको युकी पानीको नमूना गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौं पठाइएको कोलिफर्म भएको प्रमाणित भएको थियो । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी रामबहादुर करुम्बांगले यो पानी उत्पादन र बिक्री, वितरणमा प्रतिवन्धसमेत लगाइसकिएको जानकारी दिए ।




