गण्डकी प्रदेश प्रबर्द्धनको लागी फोटो प्रदर्शनी

गण्डकी प्रदेशका फोटोपत्रकारहरुले पर्यटन प्रबर्द्धन गर्ने लक्ष्यका साथ प्रदेशको ११ जिल्ला झल्कने गरि फोटो प्रदर्शनी गरेका छन ।

नेपाल भ्रमण वर्ष २०२० स्वागत तथा उद्घाटन कार्यक्रम संगै गण्डकी प्रदेशको सहयोगमा ११ जिल्लाका पर्यटकीय गन्तव्यको बारेमा जानकारी दिने लक्ष्यका साथ फोटो प्रदर्शनमा राखिएको हो । पोखरामा रहेका फोटो पत्रकार दुर्गा प्रसाद पौडेल, राम गुरुङ, कृष्णमणि बराल, उमेश पुन, प्रदिप पौडेल लगायत , सुदर्श रन्जित, अशेस साक्य, नारायण आचार्य ,इन्द्र पौडेल लगायत तथा सुनिल उलकले खिचेका पोखराका पुराना फोटो तथा विदेशीले खिचेका विभिन्न ७५ फोटोहरु प्रदर्शनीमा राखिएको छ ।

पोखरा ६ लेकसाइड स्थित बाराही चोक नजिकै राखिएको उक्त फोटो प्रदर्शनीमा आन्तरिक तथा बाह्य पर्यटकहरुको उल्लेख्य सहभागिता रहेको थियो ।सथै उक्त फोटो प्रदर्शनीको अवलोकन गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ, गण्डकी प्रदेश सभासदस्य दिपक कोइराला लगायतले समेत अवलोक गरेक थिए ।

गण्डकी प्रदेशका ११ जिल्लालाइ समेटी राखिएको उक्त फोटो प्रदर्शनीमा हिमाली क्षेत्र देखि तराइ सम्मका जिवनशैलि, भेषभुषा, प्राकृतिक भेषभुषा झल्काइएको थियो ।११ जिल्ला बाहेक पोखराका वि.सं. २०२० देखि वि.सं. २०३० साल सम्मका पोखराका ऎतिहासिक फोटो समेत राखिएको बरालले बताए ।प्रदर्शनीमा ११ जिल्लाका ७५ वटा फोटो राखिएको छ जसमा ५५ वटा ११ जिल्लाका र २० वटा पोखराका जिवनशैली ईतिहास, प्रकृतिलाई समेत समावेश गरिएको उनले बताए ।फोटो प्रदर्शनीले प्रदेशको परिचयका साथै पोखराको इतिहासललाइ समेटिएको छ ।

पोखराको फोटोपत्रकारहरुले खिचेका गण्डकी प्रदेशका विभिन्न भौगोलिक क्षेत्रका साथै पर्यटन प्रबर्द्धन गर्नको लागी नेपाल भ्रमण वर्षको अवसर पारेर फोटो प्रदर्सनमा राखिएको पोखराका फोटो पत्रकार राम गुरुङले बताए ।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै गण्डकी प्रदेश पर्यटकीय स्थल, सामाजिक सांस्कृतिक तथा पोखराको ईतिहास झल्कने गरि फोटो प्रदर्शनीमा राखिएको फोटो पत्रकार संघ कास्कीका अध्यक्ष प्रदिप पौडेलले बताए ।

नेपाल भ्रमण वर्षको शुभारम्भको दिन पारेर गण्डकी प्रदेशको सहयोगमा फोटो पत्रकारले खिचेका विभिन्न फोटो राखिएको फोटो पत्रकार कृष्णमणि बरालले बताए ।