पोखरा जेसीसको अध्यक्षमा शिव, लेडी जेसीसमा शोभा

पोखरा जेसीसको अध्यक्ष पदमा शिवप्रसाद सापकोटा निर्वाचित भएका छन् । उनी वर्ष २०२० का लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् । साथै पोखरा लडी जेसीस २०२० का लागि अध्यक्ष पदमा शोभा भुजेल निर्वाचित भएकी छन् ।

पोखरा जेसीसको कानूनी सल्लाहकारमा गणेश गिरी, कार्यकारी उपाध्यक्षमा मीनराज खड्का, महासचिवमा अनन्त प्रधानांग, कोषाध्यक्षमा प्रकाश घिमिरे, सचिवमा सन्देश पराजुली, सहकोषाध्यक्षमा शंकर कंडेल चयन भएका छन् ।

यसैगरी ४ उपाध्यक्षमा कमलराज पराजुली, सूर्यबहादुर केसी, श्रीकृष्ण सुनार र रवीन पौडेल छन् । साथै ४ निर्देशकमा विनु श्रेष्ठ, ध्रुव गर्वुजा पुन, बलराम कुइँकेल र तिलकप्रसाद लामिछाने रहेका छन् ।

यसैगरी प्रकरण अर्थात थिम निर्देशकमा सुरेन्द्र बाँस्तोला, शाखा सम्पादकमा विनोद भुजेल, मिडिया रिलेशन अफिसरमा मोहनप्रसाद अधिकारी, पव्लिक रिलेशनमा मोहन थापा, एलबीएन कोअर्डिनेटरमा कुशल पौडेल, अनुगमन संयोजकमा शत्तिः बरुवाल चयन भएका छन् ।

यसैगरी अर्थ संयोजकमा विनोद केसी, शुक्रबासरीय कार्यक्रम संयोजकमा अर्जुनदेव ढकाल, तालिक संयोजकमा सन्तोष ओझा, ट्रेनिङ पुल चियरपर्सनमा महेन्द्र सापकोटा, ग्रोथ चियरपर्सनमा सुमन पहारी, अवार्ड प्रोमेशन कोअर्डिनेटरमा सन्तोषकुमार रानाभाट, स्किल डेभलपमेन्ट डाइरेक्टरमा भाइराज रानामगर छन् ।

यस्तै, फेलोशिप कोअर्डिनेटरमा छविलाल पौडेल, महिला सम्पर्क कोअर्डिनेटरमा सर्जी अधिकारी, मानव अधिकार कोअर्डिनेटरमा बलराम पाठक, मेम्वरशिप कोअर्डिनेटरमा विष्णुप्रसाद तिमिल्सिना, सचिवालय व्यवस्थापन कोअर्डिनेटरमा इभिक कर्माचार्य, आइटी कोअर्डिनेटरमा निराकर सिग्देल, एलआरपिसीमा गोविन्द प्रसाद देवकोटा, सल्लाहकारमा शिव सुवेदी, किरण केसी र देवराज शर्मा छन् ।

यता, पोखरा लेडी जेसीसको कानूनी सल्लाहकारमा कमला शर्मा, कार्यकारी उपाध्यक्षमा अनिता थापा चयन भएकी छन् ।

संस्थाको सचिवमा गायत्री फुँयाल, कोषाध्यक्षमा लक्ष्मी अधिकारी, सहसचिवमा सुमित्रा कोइराला चयन भए । यस्तै ४ उपाध्यक्षमा सम्झना बस्नेत, सुनिता भुजेल, प्रमिला कुँवर र सपना गिरी, ४ निर्देशकमा शुभद्रा बराल, सुजता सापकोटा, चन्द्रा राना र रीना पौडेल छन् ।

यसैगरी शाखा सम्पादकमा चन्द्रावती गैरे, प्रकरण निर्देशकमा लक्ष्मी कुँवर, बुद्धि सभापतिमा सविता गौतम आचार्य, तालिम आयुक्तमा पवित्रा थापा मगर, अर्थ संकलनमा सरस्वती क्षेत्री, शुक्रवासरीय कार्यक्रम संयोजकमा सुनिता गौतम, अन्तरशाखा संयोजकमा कविता सापकोटा छन् ।

यसैगरी फेलोशीप प्रमोटरमा सविता बराल, मिडिया रिलेशन अफिसरमा सम्झना थापा क्षेत्री, पव्लिक रिलेशन अफिसरमा जमुना रसायली, एलविएन सभापतिमा सरु पनेरु र अवार्ड प्रमोशन सभापतिमा मुना कोइराला रहेकी छन् ।

यी दुवै जेसीसको बुधबार संयुक्त पदस्थापन भएको छ । कार्यक्रममा पोखरा जेसीसका अध्यक्ष शिव सापकोटाले सबैसंग सहकार्य गर्दै आफ्नो कार्यकाल उत्कृष्ट र स्वर्णिम बनाउने प्रतिवद्धता जनाए । उनले आफूलाई सबै अग्रजको मार्गदर्शनको खाँचो रहेको समेत बताए ।

उक्त अवसरमा नेपाल जेसीसका राष्ट्रिय अध्यक्ष अशोक शंकरले आफ्नो लक्ष्य र उद्देश्यबाट कहिल्यै विचलित नहुन आग्रह गरे । उनले संस्थामा धेरै भन्दा गुणात्मक सदस्य बढाउन निर्देशन दिए । संस्थालाई चुस्त–दुरुस्त र सुशासनको हिसावले चलाउन आवश्यक रहे पनि निकै चुनौती रहेको बताए ।

जेसीस वर्ष २०२० लाई सबैभन्दा उत्कृष्ट बनाउने आफ्नो लक्ष्य रहेकाले सबैको साथ र सहयोग आवश्यक रहेको उनले बताए ।

नेपाल जेसीसका पूर्व राष्ट्रिय अध्यक्ष राजु केसीले पोखरा जेसीसको मौलिकता बिर्सन नहुने भन्दै मौलिकता विर्सिए जेसीस जेसीसको रुपमा नरहने बताए । थोरै बोल्ने र काम धेरै गर्ने संस्कार बसाल्न आवश्यक रहेको भन्दै उनले युवा विशेष कार्यक्रम अघि बढाउन आग्रह गरे ।

कार्यक्रममा राष्ट्रिय कार्यकारी उपाध्यक्ष लालमणि भण्डारी, पूर्व कार्यकारिणी उपाध्यक्ष संगीता पौडेल, शुक्ला गण्डकी जेसीसका अध्यक्ष मनिश श्रेष्ठ, पोखरा–४ का वडाध्यक्ष शंकर बाँस्तोला, पदस्थापन कार्यक्रम संयोजक कमलराज पराजुली, पोखरा जेसीसका महासचिव अनन्तराज प्रधानांग, लेडी जेसीसकी सुनिता भुजेल र गायत्री फुँयालले बोलेका थिए ।

कार्यक्रम पोखरा जेसीस वर्ष २०१९ का अध्यक्ष सन्तोष शाहीको अध्यक्षतामा भएको थियो । उनले आफ्नो कार्यकालमा उत्कृष्ट काम गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेका थिए ।