प्रहरी प्रमुख घिमिरेद्धारा भवन शिलन्यास

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले जिल्ला प्रहरी कार्यालय गोरखाको हाता भित्र नव निर्माण हुने प्रहरी ब्यारेक भवन, मेष, थुनुवा कक्ष साथै कार्यालय प्रमुख निवासको शिलन्यास गरेका छन् ।

नेपाल प्रहरीका कार्यालय एवं ब्यारेक भवनहरुलाई समय सापेक्ष सुविधा सम्पन्न बनाउँदै प्रहरी सेवा प्रवाहलाई थप प्रभावकारी एंव जनमुखी बनाउने उदेश्यले उक्त भवनहरुको निर्माण कार्य सुरु गरिएको हो ।

सोही अवसरमा जिल्ला प्रहरी कार्यालय गोरखामा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक घिमिरेले प्रहरी कार्यालयमा कुनै पनि नागरिक विभिन्न पिडा एवं समस्या लिई उचित न्यायको अपेक्षाका साथ आउने भएकाले प्रहरीले नागरिकसंग जस्तो सुकै अवस्थामा पनि नम्र एवं मितव्ययी व्यवहार गर्न निर्देशन दिएका छन् ।