३५ हजार नगद सहित जुवाडे पक्राउ


बागलुङ नगरपालिका वडा नम्बर ३ शिवधाराचोकको एक घरबाट जुवा खेल्दै गरेको अवस्थामा ६ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

विशेष सुराकीको आधारमा प्रहरी निरिक्षक बिजय भण्डारिको नेतृत्वमा खटिएको प्रहरी टोलिले तास खेलिरहेको अवस्थामा ६ जना पुरुषलाई नगद ३५ हजार ६ सय रुपैयाँ सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना अधिकारि इकवाल हवारिले बताए ।

पक्राउ पर्नेहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।
घटनास्थलमा प्रहरी पुगेलगत्तै केही पत्रकारहरु पनि पुगेको भएपनि प्रहरीले प्रबेश गर्न नदिएको बुजिएको छ ।