बागलुङ जिल्लाको काठेखोला गाउँपालिका -५ बिहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
काठेखोला गाउँपालिका-५ को धौरियाको भिरमा घाँस काट्ने क्रममा लडेर बिहुँका बर्ष ४८ का ईन्द्रबहादुर पुनको मृत्यु भएको स्थानीय युवा दिवस कंडेले जानकारी दिए ।
बिहान ८ बजे घासँ काट्न गएका पुन करिव ८:४५ को समयमा भिर बाट लडेको प्रत्येक्षदर्शिलाई उदृत गर्दै कंडेले बताए ।
घाँस काट्दै गर्दा भिरबाट लडेको पारीपट्टी स्थानीयले देखेपछि उद्धार गर्दा गर्दै उनको मृत्यु भएको बताईएको छ ।
तीन पाँजा घाँस काटेर चौथो पाँजा घाँस काट्दै गर्दा लडेका उनको टाउको गम्भीर चोक लागेको बताईएको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले भने घटनाबारे जानकारी आएपछि प्रहरी टोली घटनास्थलतर्फ गएको जानकारी दिएको छ ।




