गण्डकी सेरोफेरो

बागलुङमा बन्ने भयो ‘जुलोजिकल पार्क’

बागलुङ नगरपालिकामा नेपालकै नमूना प्राणी उद्यान (जुलोजिकल पार्क) बन्ने भएको छ । सामुदायिक वनमा भएका जीवजन्तुको संरक्षणसँगै पर्यटनको विकासका लागि चिडियाखाना निर्माण गरिने भएको हो । आर्थिक वर्ष २०७६र७७ मा विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरी आव २०७७र७८ मा निर्माणकार्य थाल्न बजेटसमेत विनियोजन भएको छ । जुलोजिकल पार्क निर्माण गर्नका लागि आर्किटेक्ट डिजाइन एण्ड सिभिल कन्ट्रक्शनले रु आठ लाखको लागतमा सम्भाव्यता अध्ययनसहित डिपिआर तयार गरेको थियो । रु २४ करोडभन्दा… पुरा पढौ

तनहुँको चुँदीखोलामा डुबेर युवतीको मृत्यु

तनहुँको भानु नगरपालिका–१ चुँदीखोलाको काली रहमा डुबेर आज एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २२ वर्षीया तिलकुमारी गुरुङ रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ । खोलामा पौडी खेल्ने क्रममा डुबेकी गुरुङलाई स्थानीयवासीले उद्धार गरी अस्पताल पु(याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक जितेन्द्र श्रेष्ठले जानकारी दिए । पुरा पढौ

‘होटल सञ्चालकलाई हतोत्साहित नपारौं’

बागलुङ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघले कोरोना कहरमा होटलहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न दिइएको विषयलाई लिएर अनर्गल प्रचार नगर्न आग्रह गरेको छ । संघका अध्यक्ष निलेश राजभण्डारीले आइतबार विज्ञप्ति निकालेर सदरमुकामका केही होटललाई क्वारेन्टिन बनाइए पनि समाजमा अनेक हल्ला व्यप्त भएकाले संस्थाको ध्यानकार्षण भएको जनाएका छन् । विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले निर्धारण गरेका मापदण्ड बमोजिम क्वारेन्टिन सञ्चालन गरिएको उल्लेख गर्दै होटल व्यवसायीलाई संक्रमण भएको, समाजमा अरुलाई जोखिम भएको… पुरा पढौ

गल्याङमा पहिरोमा पुरिएर मृत्यु

गए राति गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । गल्याङ–९ का वडाध्यक्ष हरिलाल खनालका अनुसार घरमाथिबाट पहिरो खस्दा कच्ची घरको गारो भत्किएपछि पुरिएर अन्दाजी ५० वर्षीय यमबहादुर विकको मृत्यु भएको हो । गम्भीर घाईते यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । श्रीमान्, श्रीमती र छोरा गरी तीन जना बस्दै आएको उक्त परिवारमा पुरिएर गम्भीर घाइते भएका यमबहादुरको बाटोमा मृत्यु भएको हो भने… पुरा पढौ

८६ किलो गाँजासहित वडाध्यक्ष पक्राउ

बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–६ का वडाध्यक्ष सूर्यबहादुर घर्ती ८६ किलो गाँजासहित पक्राउ परेका छन्। उनलाई घरमा लुकाईछिपाई गाँजा राखेको भन्ने सुराकीका आधारमा शुक्रबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए। इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीको नेतृत्वमा गएको प्रहरीको टोलीले वडाध्यक्ष घर्तीलाई पक्राउ गरी सो परिमाणको गाँजा बरामद गरेको हो। उनलाई थप अनुसन्धानका लागि जिल्ला सदरमुकाम ल्याउने र गाँजाको… पुरा पढौ

आइसोलेशन कक्षमै जन्मियो शिशु

धौलागिरी अस्पताल बाग्लुङको आइसोलेशन कक्षमा उपचाररत कोरोना सङ्क्रमित एक महिलाले छोरा जन्माएकी छन् । ढोरपाटन नगरपालिका–८ की १९ वर्षीय महिलाले आज बिहान आइसोलेशन कक्षमै छोरा जन्माएकी हुन् । धौलागिरि अञ्चल अस्पतालका अनुसार असार ७ गते आइसोलेशन कक्षमा भर्ना भएकी ती महिलालाई चिकित्सकले शल्यक्रियामार्फत् बच्चा जन्माउन सल्लाह दिए पनि पछि सामान्य प्रकारले सुत्केरी भइन् । धौलागिरी अञ्चल अस्पताल बाग्लुङका मेडिकल सुपरिटेण्डेन्ट डा शैलेन्द्र बी पोखरेलका अनुसार आमा र शिशुको स्वास्थ्य अवस्था… पुरा पढौ

पाइप बगाएपछि बागलुङ बजारमा खानेपानीको समस्या

खानेपानीको पाइप पहिरोले बगाउँदा बागलुङ बजारमा खानेपानी अभाव भएको छ। अविरल वर्षाका कारण गएको पहिरोले ३ वटा मुहानबाट बागलुङतर्फ ल्याईएको पाइपको ६० मिटर बगाएको छ। भुदी खोला मुहानमा १५ मिटर, दोविल्लामा २५ मिटर, रेशमा १५ मिटर तथा अन्य ठाउँमा पहिरोले करिब २० मिटर पाईप क्षति भएको छ । पाइप क्षति भएपछि बजार क्षेत्रभित्र दुई दिनदेखि पानी आएको छैन। बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका प्राविधिक दीपक शर्माले पटक पटक… पुरा पढौ

गाउँपालिका एक हप्ता बन्द

तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत छन् । बन्दीपुर गाउँपालिकामा थपिएका ११ मध्ये चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र आठ क्वारेन्टिनमा बसेका सर्वसाधारण छन् । गाउँपालिकाबाट ३४ जनाको स्वाब सङ्कलन गरी जेठ २८ गते परीक्षणका लागि पठाइएकामा सोमबार उनीहरुमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी दिए । बन्दीपुर गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना पुष्टि भएसँगै गाउँपालिकाले असार ९ गतेदेखि… पुरा पढौ

जोमसोममा अब घरको नक्सापास अनिवार्य

मुस्ताङको सदरमुका जोमसोमसमेत रहेको घरपझोङ गाउँपालिकाले नयाँ बन्ने घरका लागि नक्सापास अनिवार्य गरेको छ । जोमसोम र आसपासमा केही आधुनिक घर बन्ने क्रम बढे पनि धेरै माटोको छानो भएका घर छन् । नयाँ घरहरू निर्माण गर्दा भवन निर्माणसम्बन्धी नेपाल सरकारको मापदण्ड तथा यस गाउँपालिकाको नक्सापाससम्बन्धी मापदण्ड, २०७५ को अवलम्बन गर्ने नीति लिइने पालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक वर्षभरीमा गाउँपालिकाभित्र रहेका पुराना घरका लागि घरलाई नम्बर दिई… पुरा पढौ

स्याङ्जाका युवाले बनाए बादर धपाउने यन्त्र

नेपालका धेरै गाउँमा बांदर आतंक छ । बालीनालीमा मात्रै होइन, घरमै छिरेर बादरले दुख दिएका घटना छन् । जति दुःख गरे पनि बाली भित्र्याउने बेलामा बादरले सत्यनास पारेपछि कतिपय किसानले आफ्नो जग्गासमेत बाझै छोडेका छन्। आफ्नो गाउँमा बादरको बिमाखले हैरान भएपछि साहै चिन्तित थिए पुतलीबजार ३ दोरंगाथर स्याङ्जाका युवा । उनीहरुले छिमेकी भारतका युवाले बादर धपाउने यन्त्र बनाएको थाहा पाए। रामचन्द्र दोरंगा, रोशन दोरंगा, नवराज दोरंगा , हुमनारायण शर्मा लगायतका… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं