जय नेपाल आधारभूत विद्यालय धरमपानी, तनहुँकी शिक्षक पुष्पा गुरुङविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ ।
पुष्पाको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली एवं झुठ्ठा भएको र शिक्षक पदमा नियुक्ति भई हालसम्म कार्यरत रही सरकारी लाभ तथा सुविधा लिइरहेकाले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा ९१० अनुसारको उनले कसुर गरेको अख्तियारको दाबी छ ।
उनी विरुद्ध आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।




