अविरल वर्षाका कारण बागलुङमा ३ जनाको ज्यान गएको छ । मंगलबार दिउँसो तमानखोला गाउँपालिका २ खोलेश्वाङमा आएको पहिरोमा परी २ जनाको ज्यान गएको छ ।
पानबहादुर विकको घरमा ३० मिटर माथिबाट आएको पहिरोले उनका छोरा १३ वर्षीय खिमबहादुर र १२ वर्षीया छोरी रीताको ज्यान गएको हो ।
मंगलबारै दिउँसो निसिखोला गाउँपालिका १ हर्पेमा घर भत्किँदा ३ वर्षीय समीर परियारको मृत्यु भएको छ ।




