गण्डकी सेरोफेरो

कस्तूरी मृग फार्म बनाउन डेढ करोड

गण्डकी सरकारले प्रदेशको हिमाली क्षेत्रमा कस्तुरी मृग संरक्षण तथा प्रजननका लागि फार्म बनाउने भएको छ । फर्म स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहनका लागि १ करोड ५० लाख यसपालि प्रदेशले विनियोजन गरेको छ । यस्तै, नेपाल सरकारसँगको सहकार्यमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माण गर्न कास्कीको पुँडीटार र नवलपुरको लोकाहाखोलाको जग्गा छनौट गरी आवश्यक बजेट विनियोजन भएको छ । नेपाल सरकार तथा स्थानीय तहसँगको सहकार्यमा एक स्थानीय तह, एक उद्योग ग्राम स्थापनाका लागि… पुरा पढौ

बागलुङकी गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

बागलुङको गलकोट नगरपालिकामा आइतबार साँझ एक गर्भवतीलाई हेलिकप्टरमार्फत उद्धार गरी पोखरा पठाइएको छ । गलकोट–८ काँडेवास निवासी ३२ वर्षीया पार्वती हिस्ताङको पाठेघरको नलीमा शिशु गर्भमा बसी जटिल समस्या देखिएका कारण तत्कालै उद्धार गरी पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पठाइएको नगरपालिका विपत् व्यवस्थापन समितिका संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष वीरजङ्ग भण्डारीले जानकारी दिए । गण्डकी प्रदेश सामाजिक मन्त्रालयको संयोजनमा गर्भवतीलाई प्रभु एयरको हेलिकप्टरमार्फत पोखरा पठाइएको हो । हिस्ताङको पाठेघरमा… पुरा पढौ

तनहुँमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि

तनहुँ जिल्लाका थप २ जना नयाँ संक्रमित थपिएका छन् । ऋषिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३९ र ४० का २ जना पुरुषमा कोरोना पुष्टि भएको हो । संक्रमितहरुलाई तनहुँ जिल्लाको सरकारी अस्पतालमा रहेको आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ । अब गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५६ पुगेको प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए । पुरा पढौ

टिक्न नसक्ने भयौं, धान्ने वातावरण बनाइदिनुस् : व्यवसायी

बिश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसले बन्दाबन्दी भएको अवस्थामा उद्योग व्यवसाय धरासायी बनेपछि बागलुङका व्यवसायी चिन्तित भएका छन् । उनीहरुले सदरमुकाम बागलुङ बजारको व्यवसाय सहज रूपमा सञ्चालन गर्ने वातावरण बनाइदिन जिल्ला प्रशासनसमक्ष आग्रह गरेका छन् । बिहीबार बागलुङ उद्योग बाणिज्य संघको नेतृत्वमा प्रशासन पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी गौलोचन सैजुसँग यस्तो आग्रह गरेको हो । व्यवसायीले आउँदा दिनमा बजारमा पसलहरु सञ्चालन गर्नका निम्ती सहज वातावरण सिर्जना गरिदिनका आग्रह गरेको बागलुङ… पुरा पढौ

फेदीखोलामा दीपप्रजलनसहित श्रद्धाञ्जली शभा

फेदीखोला दलित एकता समाज फेदीखोला स्याङ्जाले दीप प्रज्वलनसहित श्रद्धाञ्जली सभा गर्दै रुकुम घटनाका दोषीहरुलाई हदैसम्मको कारबाही माग गरेको छ । सामाजिक अभियन्त्ता विनोद सुनामले रुकुम घटनालाई मानवताविरोधी अपराधको संज्ञा दिदै घटनाको निष्पक्ष छानबिन गरी त्यसका अपराधीहरूलाई विद्यमान कानुनकै मातहत पनि हदैसम्मको कारवाही र दण्डको व्यवस्थाका लागि राज्यसँग माग गरे । उनले राज्यले छुवाछूत र जातीय विभेद मुक्त गरे पनि व्यबहारमा लागू नहुँदा रुकुम हत्याकान्ड घट्न गएको भन्दै प्रेम गरेकै आरोपमा… पुरा पढौ

बाग्लुङमा थप १० जनामा कोरोना संक्रमणको पुष्टि

बुधवार बाग्लुङमा १० नयाँ संक्रमित थपिएका छन् । बाग्लुङ जिल्ला, निसीखोला गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष २२ र २९ का २ जना पुरुष र वर्ष ३३ का १ जना महिला, बाग्लुङ जिल्ला, वडीगाड गाउँपालिका स्थित क्वारेन्टाइनमा रहेका बर्ष १६, २०, २१ र २५ का ४ जना पुरुषमा कोरोना पुष्टि भएको हो । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जिल्लाकै गल्कोट नगरपालिका का २०, २२ र २३ का ३ जना पुरुषमा पनि कोराना… पुरा पढौ

मनाङ प्रवेशमा रोक

कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा रोक लगाइएको छ । मुख्य नाकामा कडाइ गरिएमा मनाङमा फैलिन सक्ने सङ्क्रमणको सम्भावनालाई भने योसँगै कम गर्न सकिने उनीहरुको अनुमान छ । देशका करिब ६० जिल्लामा कोभिड–१९ को सङ्क्रमित पुष्टि भइसकेकाले पैदलयात्री र एम्बुलेन्सबाहेक अन्य सवारी… पुरा पढौ

मुखबाट रगत छादी मृत्यु

शनिबार बिहान लमजुङको मध्यनेपाल नगरपालिका भोर्लेटार रानीपानी घरका एक जनाको तनहुँको भानु नगरपालिका ८ ठूलोवनमा मृत्यु भएको छ । ठुलो वनमा डेरा गरी बस्ने वर्ष ४० का रामजी खत्रीले बिहान अचानक रगत छाँदेपछि उनलाई उपचारका लागि पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

लोमान्थाङमा खुल्यो शसस्त्रको बोर्डर पोस्ट

मुस्ताङको लोमान्थाङ वडा नं. ४ नेचुङमा बिहीबार सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट स्थापना भएको छ । शसस्त्रका एआइजी नारायणबाबु थापा र गण्डकीका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले संयुक्त रुपमा पोस्ट उद्घाटन गरे । नेपाल चीन सीमाबाट नेचुङको यो पोस्ट करिब ५ किमीयता पर्छ । पोस्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २० सशस्त्र प्रहरी खटिने छन् । अहिले नेचुङ भन्सारको क्वारेन्टाइन रहेको स्थानमा पोस्ट स्थापना गरिएको छ । भवनका लागि ३३ रोपनी जग्गा… पुरा पढौ

बागलुङमा ६ जनालाई कोरोना संक्रमण

बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाको नमूना परिक्षणमा कोरोना संक्रमण देखिएको हो ।बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका स्थित त्रिभूवन माद्यामिक विद्यालय क्वारेन्टाइनमा रहेका बर्ष १९ र २० का २ जना पुरुष तथा बाग्लुङ्ग जिल्ला तमनखोला गाउँपालिका स्थित धनगौज्योती माध्यामिक विद्यालय क्वारेन्टाइनमा रहेका बर्ष क्रमशः २१, २७, २७ र २१ का ४ जना पुरुष समेत गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं