गण्डकी सेरोफेरो

मनाङ प्रवेशमा रोक

कोभिड–१९ को सङ्क्रमण नेपालका विभिन्न क्षेत्रमा फैलिँदै गएपछि मनाङ प्रवेशमा रोक लगाइएको छ । मनाङ प्रवेश नाका नासों गाउँपालिकाको बैठकले एम्बुलेन्सबाहेकका अन्य सवारीसाधन प्रवेशमा रोक लगाएको छ । अत्यावश्यक खाद्यान्न, ग्यासलगायत सवारी र पैदलयात्रीलाई प्रवेशमा रोक लगाइएको छ । मुख्य नाकामा कडाइ गरिएमा मनाङमा फैलिन सक्ने सङ्क्रमणको सम्भावनालाई भने योसँगै कम गर्न सकिने उनीहरुको अनुमान छ । देशका करिब ६० जिल्लामा कोभिड–१९ को सङ्क्रमित पुष्टि भइसकेकाले पैदलयात्री र एम्बुलेन्सबाहेक अन्य सवारी… पुरा पढौ

मुखबाट रगत छादी मृत्यु

शनिबार बिहान लमजुङको मध्यनेपाल नगरपालिका भोर्लेटार रानीपानी घरका एक जनाको तनहुँको भानु नगरपालिका ८ ठूलोवनमा मृत्यु भएको छ । ठुलो वनमा डेरा गरी बस्ने वर्ष ४० का रामजी खत्रीले बिहान अचानक रगत छाँदेपछि उनलाई उपचारका लागि पोखरामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

लोमान्थाङमा खुल्यो शसस्त्रको बोर्डर पोस्ट

मुस्ताङको लोमान्थाङ वडा नं. ४ नेचुङमा बिहीबार सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट स्थापना भएको छ । शसस्त्रका एआइजी नारायणबाबु थापा र गण्डकीका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टले संयुक्त रुपमा पोस्ट उद्घाटन गरे । नेपाल चीन सीमाबाट नेचुङको यो पोस्ट करिब ५ किमीयता पर्छ । पोस्टमा प्रहरी निरीक्षकको नेतृत्वमा २० सशस्त्र प्रहरी खटिने छन् । अहिले नेचुङ भन्सारको क्वारेन्टाइन रहेको स्थानमा पोस्ट स्थापना गरिएको छ । भवनका लागि ३३ रोपनी जग्गा… पुरा पढौ

बागलुङमा ६ जनालाई कोरोना संक्रमण

बागलुङमा बुधबार ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो समयमा भारतबाट आएर क्वारेन्टाइनमा बसेका ६ जनाको नमूना परिक्षणमा कोरोना संक्रमण देखिएको हो ।बाग्लुङ्ग जिल्ला बढीगाड गाउँपालिका स्थित त्रिभूवन माद्यामिक विद्यालय क्वारेन्टाइनमा रहेका बर्ष १९ र २० का २ जना पुरुष तथा बाग्लुङ्ग जिल्ला तमनखोला गाउँपालिका स्थित धनगौज्योती माध्यामिक विद्यालय क्वारेन्टाइनमा रहेका बर्ष क्रमशः २१, २७, २७ र २१ का ४ जना पुरुष समेत गरि ६ जनामा कोरोना संक्रमणको पुष्टि… पुरा पढौ

सेतीको पुलबाट हाम फालेर आत्महत्या

सेती नदी फाइल फोटो सोमबार दिउँसो तनहुँको शुक्लागण्डकीमा सेती नदीको पुलबाट हाम हालेर एक जनाले आत्महत्या गरेका छन् । पौने १२ बजेतिर शुक्लागण्डकी नगरपालिका ४ बस्ने बस्ने पप्पु भनिने कवाड संकलन गर्ने करिब ३० वर्षका मानिसले पुलबाट हाम फालेको प्रहरीले जनाएको छ । उनलाई स्थानीयले देखेर उद्धार गरी नदी बाहिर निकाली हेर्दा मृत्यु भइसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरा पढौ

मुस्ताङको थासाङमा सबै गतिविधि बन्द, अवज्ञा गरे कारवाही

मुस्ताङको तल्लो क्षेत्र थासाङ गाउँपालिकाले पछिल्लो समय कोरोना भाईरसको जोखिम बढेको भन्दै पालिका भित्रका ५ वडामै सबै गतिविधि संञ्चालन नगर्न निर्देशन गरेको छ । सरकारले लकडाउन गरे पनि यसलाई थप कडाई गर्न आवश्यकता रहेको उल्लेख गर्दै बुधबारदेखि पालिकाभित्र कुनै गतिविधि गर्न नपाईने भएको छ । गाउपालिका अध्यक्ष बुद्धिप्रसाद शेरचनद्धारा हस्ताक्षरित बुधबार जारी प्रेस बिज्ञप्तीमार्फत गाउँपालिका भित्र स्वास्थ्य सेवाबाहेक कुनै कार्य गर्न नपाईने उल्लेख छ । पालिकाले कार्यालयको नियमित गतिविधि, पालिका… पुरा पढौ

बागलुङबाट बिरामी लिएर पोखरा जाँदै गरेको जिप दुर्घटना

बागलुङबाट बिरामी लिएर पोखरा जाँदै गरेको जिप दुर्घटना मंगलबार दुर्घटना हुँदा २ जना घाइते भएका छन् । मंगलबार बिहान करिब सबा ८ बजे गलकोट नगरपालिका ३ लमहीबाट हाडजोर्नी सम्बन्धी रोगका बिरामी लिई पोखरा जान लागेको ग२च ५९८० नम्वरको जिप हटियातर्फ आउँदै गर्दा ब्रेक फेल भई सडकबाट अन्दाजी सय मिटर तल खसेको हो । दुर्घटनामा गलकोट नगरपालिका ३ लमहीकी ७२ वर्षीया भबिकला बस्नेत र उनका नाती वर्ष २६ का बिष्णु बस्नेत… पुरा पढौ

स्याङ्जाको गल्याङमा भीरबाट लडेर वृद्धाको मृत्यु

शनिबार दिउँसो स्याङ्जाको गल्याङमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । गल्याङ नगरपालिका ४ बस्ने वर्ष ६१ की उतिसरा थापाको करिब ५ आफ्नै खरबारीमा घाँस काट्ने क्रममा भिरबाट लडी मृत्यु भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए । पुरा पढौ

गलकोटमा संक्रमितको सम्पर्कमा रहेकाको पिसिआर जाँचिने

बागलुङको गलकोट नगरपालिकामा आजदेखि कोरोनाको पिसिआर परीक्षण गरिने भएको छ । गत वैशाख ११ गते गलकोट नगरपालिकाबाट पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरलाई कोरोना संक्रमण पुष्टि भएसँगै उनीहरुको सम्पर्कमा आएकाहरुको पिसिआर परीक्षण गर्न लागिएको गलकोट नगरपालिकका नगर प्रमुख भरत शर्मा गैरे जानकारी दिए । गैरेका अनुसार वैशाख ११ गते गलकोटबाट फर्केका मजदुरहरुको सम्पर्कमा रहेका गलकोट नगरबासीहरुको पिसिआर परिक्षण गरिनेछ । पिसिआर परीक्षणका लागि तयारीसमेत भईसकेको छ । अहिलेसम्म १… पुरा पढौ

फरार वडाध्यक्षद्वारा आत्मसर्मपण

प्रहरीको फरार सूचीमा रहेका म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुजाले डेढ महिनापछि प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन् । गत चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउँस्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद गरेको थियो । हात हतियार तथा खरखजना मुद्दा चलाइएपछि शेरपुजा फरार थिए । अनुसन्धानमा सहयोग गर्न र कानूनीरूपले मुद्दाको प्रतिवाद गर्न शेरपुजा आफैँ आइतबार प्रहरीकहाँ पुगेको प्रहरी नायब उपरीक्षक किरनजङ्ग कुँवरले जानकारी दिए । प्रशासनबाट निजी हतियार राख्ने… पुरा पढौ

हाम्रो बारेमा
नेपालदुत पाठकसम्म समाचार, सूचना, विचार र मनोरञ्जन पुर्याउने डिजिटल दुत हो । यो समाचार पोर्टलले विचार, विश्लेषणमा सिमित नरही खोजी पत्रकारितालाई पनि बढाबा दिने लक्ष्य राखेको छ । विकास, निर्माण, समाज परिवर्तनका लागि भएका सकारात्मक पक्षहरु उजागर गर्दै सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्न हामी प्रतिवद्ध छौं…
पूरा पढाैं