सेती नदी फाइल फोटो
सोमबार दिउँसो तनहुँको शुक्लागण्डकीमा सेती नदीको पुलबाट हाम हालेर एक जनाले आत्महत्या गरेका छन् ।
पौने १२ बजेतिर शुक्लागण्डकी नगरपालिका ४ बस्ने बस्ने पप्पु भनिने कवाड संकलन गर्ने करिब ३० वर्षका मानिसले पुलबाट हाम फालेको प्रहरीले जनाएको छ । उनलाई स्थानीयले देखेर उद्धार गरी नदी बाहिर निकाली हेर्दा मृत्यु भइसकेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




